६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फुटबल जगतमा गोलको बर्षा, थाइल्याण्डले एउटै फर्काएन



अ+ अ-

काठमाडौं । फ्रान्समा जारी विश्वकप फुटबलमा अमेरिकाले इतिहासमै फराकिलो गोल अन्तरको जित दर्ता गरेको छ । मंगलबार राती भएको खेलमा अमेरिकाले थाइल्याण्डलाई १३–० ले पराजित गरेको छ ।

पहिलो हाफमा तीन गोल मात्रै गरे पनि दोस्रो हाफमा १० गोल गर्दासम्म थाइल्याण्डले एउटा पनि फर्काउन सकेन । अमेरिकाको जितमा एलेक्स मोर्गनले सबै भन्दा बढि ५ गोल गरिन् ।

खेलको १२ औँ मिनेटमा एलेक्स मोर्गनले गोल गरिन् । उनले बाँकी चार गोल ५३, ७४, ८१ र ८७ औँ मिनेटमा गरेकी हुन् । त्यस्तै रोज लावेली र सामन्था मेविसले दुई दुई गोल गरे । रोजले २० र ५६ औँ तथा सामन्थाले ५० र ५४ औँ मिनेटमा गोल गरेका हुन् ।

लिन्डसी होरनले ३२ औँ, मेगन रापिनोइले ७९ औँ, मालोरी पुग्घले ८४ औँ तथा कार्ली लोयडले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै थाइल्याण्डलाई फराकिलो गोलान्तरले पारजित गरेको हो ।

अमेरिकाले सन् १९९१ मा चाइनिज ताइपेलाई विश्वकपमा ७-० गोलअन्तरले पराजित गरेको थियो । यसअघिसम्म यो नै अमेरिकाको सबैभन्दा फराकिलो जित थियो ।

विश्वकपमा सन् २००७ मा जर्मनीले अर्जेन्टिनालाई ११-० गोलअन्तरले पराजित गरेको थियो । यो नै सबैभन्दा ठूलो अन्तरको जितको कीर्तिमान थियो ।