२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फुटबल जगतमा गोलको बर्षा, थाइल्याण्डले एउटै फर्काएन



अ+ अ-

काठमाडौं । फ्रान्समा जारी विश्वकप फुटबलमा अमेरिकाले इतिहासमै फराकिलो गोल अन्तरको जित दर्ता गरेको छ । मंगलबार राती भएको खेलमा अमेरिकाले थाइल्याण्डलाई १३–० ले पराजित गरेको छ ।

पहिलो हाफमा तीन गोल मात्रै गरे पनि दोस्रो हाफमा १० गोल गर्दासम्म थाइल्याण्डले एउटा पनि फर्काउन सकेन । अमेरिकाको जितमा एलेक्स मोर्गनले सबै भन्दा बढि ५ गोल गरिन् ।

खेलको १२ औँ मिनेटमा एलेक्स मोर्गनले गोल गरिन् । उनले बाँकी चार गोल ५३, ७४, ८१ र ८७ औँ मिनेटमा गरेकी हुन् । त्यस्तै रोज लावेली र सामन्था मेविसले दुई दुई गोल गरे । रोजले २० र ५६ औँ तथा सामन्थाले ५० र ५४ औँ मिनेटमा गोल गरेका हुन् ।

लिन्डसी होरनले ३२ औँ, मेगन रापिनोइले ७९ औँ, मालोरी पुग्घले ८४ औँ तथा कार्ली लोयडले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै थाइल्याण्डलाई फराकिलो गोलान्तरले पारजित गरेको हो ।

अमेरिकाले सन् १९९१ मा चाइनिज ताइपेलाई विश्वकपमा ७-० गोलअन्तरले पराजित गरेको थियो । यसअघिसम्म यो नै अमेरिकाको सबैभन्दा फराकिलो जित थियो ।

विश्वकपमा सन् २००७ मा जर्मनीले अर्जेन्टिनालाई ११-० गोलअन्तरले पराजित गरेको थियो । यो नै सबैभन्दा ठूलो अन्तरको जितको कीर्तिमान थियो ।