२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलिंगाको घातक बलिङका कारण वेस्ट इन्डिज पराजित



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सोमबार राति श्रीलंकाले वेस्ट इन्डिजमाथि २३ रनको रोचक जित निकालेको छ । यस जितसँगै श्रीलंकाले सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राखेको छ । आठ खेलबाट आठ नै अंक बनाएको श्रीलंका तालिकाको छैटौं स्थानमा उक्लिएको छ । एक खेल खेल्न बाँकी रहेको श्रीलंकालाई अगाडी बढ्न अन्तिम जितसँगै अन्य टोलीको नतिजाले पनि प्रभाव पार्नेछ । वेस्ट इन्डिज यसअघिनै बाहिरिएको छ ।

श्रीलंकाले दिएको तीन सय ३९ रनको विजय लक्ष्य पाएको वेस्ट इन्डिज निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर तीन सय १५ रनमा समेटिएको थियो । वेस्ट इन्डिजका लागि निकोलस पुरनले शतकीय पाली खेले । पुरनले एक सय १८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । फावियन एलनले ५१ रनको शर्धशतकीय पाली खेले । क्रिस गेलले ३५, सिमरोन हेटमेयरले २९ र कप्तान जासन होल्डरले २६ रन बनाए । श्रीलंकाका लासिथ मालिङ्गाले तीन विकेट लिए । कसुन राजिथा, जेफरी भान्डर्से र एन्जेलो म्याथ्युजले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ३८ रन बनाएको थियो । श्रीलंकाका लागि अभिसका फर्डान्डोले शतकीय पाली खेले । उनले

एक सय चार रन बनाए । फर्नान्डोको एकदिवसीय क्रिकेटम यो पहिलो शतक हो । कुशल परेरा र दिमुथ करुनारत्नेले ९३ रनको साझेदारी गरे । परेराले ६४ र करुनारत्ने ३२ बनाए । लाहिरु थिरिमानेले अविजित ४५, कुशल मेन्डिसले ३९ र एन्जेलो म्याथ्युजले २६ रनको योगदान गरे । वेस्ट इन्डिजका

जासन होल्डरले दुई विकेट लिए । सेल्डन कट्रेल, ओसेन थोमस र फाबियन एलनले एक एक विकेट लिएका थिए ।