६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलिंगाको घातक बलिङका कारण वेस्ट इन्डिज पराजित



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सोमबार राति श्रीलंकाले वेस्ट इन्डिजमाथि २३ रनको रोचक जित निकालेको छ । यस जितसँगै श्रीलंकाले सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राखेको छ । आठ खेलबाट आठ नै अंक बनाएको श्रीलंका तालिकाको छैटौं स्थानमा उक्लिएको छ । एक खेल खेल्न बाँकी रहेको श्रीलंकालाई अगाडी बढ्न अन्तिम जितसँगै अन्य टोलीको नतिजाले पनि प्रभाव पार्नेछ । वेस्ट इन्डिज यसअघिनै बाहिरिएको छ ।

श्रीलंकाले दिएको तीन सय ३९ रनको विजय लक्ष्य पाएको वेस्ट इन्डिज निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर तीन सय १५ रनमा समेटिएको थियो । वेस्ट इन्डिजका लागि निकोलस पुरनले शतकीय पाली खेले । पुरनले एक सय १८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । फावियन एलनले ५१ रनको शर्धशतकीय पाली खेले । क्रिस गेलले ३५, सिमरोन हेटमेयरले २९ र कप्तान जासन होल्डरले २६ रन बनाए । श्रीलंकाका लासिथ मालिङ्गाले तीन विकेट लिए । कसुन राजिथा, जेफरी भान्डर्से र एन्जेलो म्याथ्युजले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ३८ रन बनाएको थियो । श्रीलंकाका लागि अभिसका फर्डान्डोले शतकीय पाली खेले । उनले

एक सय चार रन बनाए । फर्नान्डोको एकदिवसीय क्रिकेटम यो पहिलो शतक हो । कुशल परेरा र दिमुथ करुनारत्नेले ९३ रनको साझेदारी गरे । परेराले ६४ र करुनारत्ने ३२ बनाए । लाहिरु थिरिमानेले अविजित ४५, कुशल मेन्डिसले ३९ र एन्जेलो म्याथ्युजले २६ रनको योगदान गरे । वेस्ट इन्डिजका

जासन होल्डरले दुई विकेट लिए । सेल्डन कट्रेल, ओसेन थोमस र फाबियन एलनले एक एक विकेट लिएका थिए ।