६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र बंगलादेश आमने सामने, कसले मर्ला बाजी ?



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार उपाधि दावेदार टोली भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । एजबास्टन मैदानमा ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीले जित निकाल्दै सेमिफाइनलमा पुग्न प्रयत्न गर्नेछन् ।

जारी विश्वकपमा भारत र बंगलादेशको यो आठौं खेल हो । भारत यस खेलमा जित हात पार्दै सेमिफाइनलमा पुग्ने दाउमा छ । बंगलादेश पनि बलियो भारतलाई हराएर सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । यसअघिका सात खेलमा भारतले पाँच जित, एक हार र एक अनिर्णित नतिजा निकालेको छ । ११ अंक बनाएको भारत तालिकाको दोस्रो स्थानमा छ ।

यसैगरी बंगलादेश तीन जित, तीन हार र एक अनिर्णित नतिजा सहित सातौं स्थानमा छ । बंगलादेशले सात अंक बनाएको छ । यसपटक भारतको ब्याटिङ र बलिङ उत्कृष्ट छ । बंगलादेशको पनि ब्याटिङ र बलिङ दुवै सन्तुलित देखिन्छ । यसअघिका विश्वकपमा भने भारत बलियो रहेको छ । यसअघिका विश्वकपमा यी दुई टोलीबीच तीन खेल भएको छ । जसमा भारतले दुई र बंगलादेशले एक खेल जितेका छन् । सेमिफाइनमा पुग्न दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । त्यसैले दक्षिण एसियाली यी दुई टोलीको भिडन्त प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।