२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र बंगलादेश आमने सामने, कसले मर्ला बाजी ?



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार उपाधि दावेदार टोली भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । एजबास्टन मैदानमा ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीले जित निकाल्दै सेमिफाइनलमा पुग्न प्रयत्न गर्नेछन् ।

जारी विश्वकपमा भारत र बंगलादेशको यो आठौं खेल हो । भारत यस खेलमा जित हात पार्दै सेमिफाइनलमा पुग्ने दाउमा छ । बंगलादेश पनि बलियो भारतलाई हराएर सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । यसअघिका सात खेलमा भारतले पाँच जित, एक हार र एक अनिर्णित नतिजा निकालेको छ । ११ अंक बनाएको भारत तालिकाको दोस्रो स्थानमा छ ।

यसैगरी बंगलादेश तीन जित, तीन हार र एक अनिर्णित नतिजा सहित सातौं स्थानमा छ । बंगलादेशले सात अंक बनाएको छ । यसपटक भारतको ब्याटिङ र बलिङ उत्कृष्ट छ । बंगलादेशको पनि ब्याटिङ र बलिङ दुवै सन्तुलित देखिन्छ । यसअघिका विश्वकपमा भने भारत बलियो रहेको छ । यसअघिका विश्वकपमा यी दुई टोलीबीच तीन खेल भएको छ । जसमा भारतले दुई र बंगलादेशले एक खेल जितेका छन् । सेमिफाइनमा पुग्न दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । त्यसैले दक्षिण एसियाली यी दुई टोलीको भिडन्त प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।