विराटनगर। कोसी राजमार्गअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट सोमबार साइकल यात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा भोजपुर घर भई बुढीगंगा–४ मा डेरा गरेर बस्ने ३४ वर्षीय लोकबहादुर खड्गीको मृत्यु भएको मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
श्रेष्ठलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २८ प २९०७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।दुर्घटनामा घाइते भएका खड्गीको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मध्यान्ह १२ बजे मृृत्यु भएको हो।
बाटो काट्ने क्रममा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको उनले बताए । प्रहरीलेमोटरसाइकल र चालक सुनसरी सोनापुरका २६ वर्षीय विष्णु चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।