११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

चाबहिल-साँखु सडकखण्डमा यात्रुलाई सास्ती

चाबहिल-साँखु सडकखण्डमा यात्रुलाई सास्ती
अ अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यकाको मुख्य केन्द्रको रूपमा परिचित चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ । पानी पर्दा हिलो हुने, सडकमा जमेको पानी र पानी नपर्दा आउने धुलोले यस सडकखण्डमा आवतजावत गर्ने यात्रु र स्थानीयबासिन्दाले निकै सास्ती भोग्नु परिरहेको छ ।

सडकमा जमेको पानी र हिलोमाथि गुड्ने गाडीले सडकछेउका पसलमा पूरै हिलो र पानी छ्यापिदिन्छ । बौद्धका व्यापारी तथा बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले सडकको अवस्थाका कारण व्यापार घट्नुको साथै पसलका सामग्रीसमेत हिलोले काम नलाग्ने बनाएको भन्दै गुनासो गर्नुभयो ।

घाम लाग्दा धुलो र पानी पर्दा सडकमा जमेको पानी र हिलो यस सडकखण्डको विशेषता नै बनेको छ । जोरपाटीमा फेन्सी पसल चलाउँदै आएका लक्ष्मण दुलाल भन्नुहुन्छ, “समयमा कालोपत्र नहुँदा पसल पूरै धुलाम्मे हुने गरेको छ । अहिले पानी पर्दा सडकको हिलो उछिट्टिएर पसलसम्म आइपुग्छ । हिलो र धुलोले पसलमात्र होइन, स्वास्थ्यसमेत जोगाउन मुस्किल परेको ।”

दिनहुँ सोही सडक प्रयोग गर्ने सर्वसाधारणको समस्याको भने अझ कष्टकर भएको छ । सडकको हिलो पानी र पैदलसम्म हिड्न नसक्ने गरी जमेको पानीले हैरानीमा पर्ने गरेको उनीहरू बताउँछन् । बौद्धकी बिनिता कोइराला भन्नुहुन्छ, “सडकमा खाल्डाखुल्डी र हिलाम्मे भएपछि सजिलै सडक वारपार गर्न सक्ने अवस्था छैन । सडकमा बिच्छ्याएको गिट्टी छरपष्ट छन् कतिपय गाडी त बीच सडकका खाल्डामै रोकिन्छन् भने दिनहुँ मोटरसाइकल चिप्लिएर पल्टिने गरेका छन् । यो सडकखण्डका यस्ता घटना दिनचर्या बन्ने गरेका छन् ।

थलीका पावल बज्राचार्य सडकका कारण धेरै पटक आन्दोलनमा उत्रिएको कुरा सुनाउँदै सडककै कारण यहाँका स्थानीयवासीले धेरै समस्या खेप्नुपरेको गुनासो पोख्छन् । विसं २०७२ मा दुई वर्षभित्र चाबहिल–साँखु सडकखण्ड विस्तारको काम सक्ने गरी सडक निर्माण शुरु गरिएको थियो । सडक निर्माणको अवधि सकिँदा पनि अझै आधा काम पनि सकिएको छैन ।

म्याद सकिए पनि पटक–पटक म्याद थप गर्दै ठेकेदार कम्पनीलाई सडक विस्तारको जिम्मा लगाएको भए पनि कामले गति लिनसकेको छैन । सरकारले चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ जेठमा सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर रहेको उक्त सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तार गरिरहेका छन् । सडक निर्माणमा बिलम्व भएको भन्दै थप एक कम्पनीसहित सडक निर्माणको काम शुरु गरेको भए पनि सडक विस्तारको कामले भने अझै गति लिनसकेको छैन ।

ठेक्का दिएको मितिदेखि आर्थिक वर्ष २०७४÷७५ मा आयोजना सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले सर्वोच्च अदालतको अन्तरिम आदेश, मुआब्जा प्रक्रिया, विद्युतीय र टेलिफोनको पोल र तार नपन्छाउनु, खानेपानी तथा ढल लिकेज भई सडक सतहमा पानी बग्नेजस्ता कारण देखाई समयमै निर्माण गर्न नसकिएको भन्दै पन्छिने गरेका छन् ।

पछि सर्वोच्च अदालतले सडकमा जग्गा पर्नेलाई मुआब्जा दिनुपर्ने आदेश दिएपछि मुआब्जाको प्रक्रियामा जानुपर्दा सडक निर्माणमा अझै ढिलाइ हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठले बताउनुभयो ।

मुआब्जा प्रक्रियाको लागि सरकारले सुरुमा बजेट छुट्याउनुपर्नेछ र जग्गाको सर्वे गर्दा, मुआब्जा दाबी गर्दा तथा वितरणसम्म लामो समय लाग्ने श्रेष्ठको भनाइ छ । विसं २०७५ साउन १० गते बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालका लागि कसरी सकिन्छ, सडक संरचनामा कालोपत्र गर्न निर्देशन दिएको थियो तर ठेकेदार कम्पनीले काम गरेको देखाउन केही स्थानमा कालोपत्र गरेको देखाउँदै पन्छिने गरेका थिए ।

सो सडकखण्ड प्रयोग गर्ने यात्रु तथा स्थानीय बासिन्दाले सडक निर्माणको माग गर्दै पटक–पटक आन्दोलनसमेत गरेका छन् । बौद्धमा स्थानीय व्यापारी र सर्वसाधारणले धुलो र हिलोले आजित भएपछि सडक नै बन्द गरेर आन्दोलन गरेपछि ठेकेदार कम्पनीले टुसालदेखि बौद्धगेट नजिकसम्म कालोपत्र गरेको थियो ।