७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्ड र भारतबीचको बाँकी खेलमा पनि वर्षा भए के हुन्छ ? यस्तो छ नियम



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्ड र भारतबीचको बाँकी खेल आज हुँदैछ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भारत र न्युजिल्यान्डबीच मंगलबार खेल चलिरहँदा वर्षा भएपछि रोकिएको थियो । ‘रिजर्ब डे’ अनुसार बाँकी खेल आज दिउँसो सवा तीन बजेदेखि खेल सुरु हुनेछ।

मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाएर खेलिरहदा वर्षाले खेल प्रभावित भएको थियो। म्यानचेस्टरमा भएको खेलमा वर्षा नरोकिएपछि खेल बुधबारसम्मका लागि स्थगित गरिएको थियो।

खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भए ।

न्युजिल्यान्डका लागि क्रिजमा रोस टायलर ६७ रन बनाएर अविजित छन् । न्युजिल्यान्डले आज ४६।१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रनदेखि नै ब्याटिङ थाल्नेछ ।

दुवै टिम जित हात पार्दै फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छन् । आजको विजेताले फाइनलमा उपाधिका लागि अर्को सेमिफाइनल विजेता अष्ट्रेलिया वा आयोजक इंग्ल्यान्डसँग खेल्नेछ ।

बुधबार वर्षाको सम्भावना

ब्रिटेनको मौसम विभागले बुधबार पनि म्यानचेस्टरमा बादल लाग्ने रबेलाबेला वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।

बीबीसीको मौसम रिपोर्टले पनि म्यानचेस्टरमा मंगलबार रात बादल लागेको तथा बुधबार विहान र दिउँसो हल्का वर्षा हुन जनाएको छ।

बुधबारको खेलमा मौसमले प्रभाव पार्ने भए पनि मंगलबारकै जस्तो खेल नै हुन नसक्ने स्थिति भने नरहने बताइएको छ।

आज पनि पानी परे के हुन्छ ?

अब बुधबार वर्षा नभएको अवस्थामा न्युजिल्यान्डले ४६।१ ओभरदेखि ब्याटिङ गर्नेछ। त्यसपछि भारतले आफ्नो ब्याटिङ सुरु गर्नेछ।

बुधबार पनि वर्षा भएको अवस्थामा भने भारतलाई ओभर घटाएर नयाँ लक्ष्य दिइनेछ। भारतले नयाँ लक्ष्य पाएर खेल हुनका लागि कम्तिमा २० ओभरको खेल सम्भव हुनु पर्नेछ।

भारतले २० ओभरमा १४८ रन, २५ ओभरमा १७२ रन, ३० ओभरमा १९२ रन, ३५ ओभरमा २०९ रन र ४० ओभरमा २२३ रन लक्ष्य पाउनेछ। यस्तै ४६ ओभरको खेल सम्भव भएमा भारतलाई २३७ रनको लक्ष्य दिइनेछ।

वर्षाका कारण २० ओभर पनि खेल हुन नसकेको अवस्थामा भने लिग चरणको अंकको आधारमा नतिजा तय हुनेछ। खेल नभएमा लिग चरणमा शीर्ष बनेको भातरले चौथो बनेको न्युजिल्यान्डलाई पछि पारेर फाइनलमा स्थान बनाउनेछ।