११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

न्युजिल्यान्ड र भारतबीचको बाँकी खेलमा पनि वर्षा भए के हुन्छ ? यस्तो छ नियम

न्युजिल्यान्ड र भारतबीचको बाँकी खेलमा पनि वर्षा भए के हुन्छ ? यस्तो छ नियम
अ अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्ड र भारतबीचको बाँकी खेल आज हुँदैछ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भारत र न्युजिल्यान्डबीच मंगलबार खेल चलिरहँदा वर्षा भएपछि रोकिएको थियो । ‘रिजर्ब डे’ अनुसार बाँकी खेल आज दिउँसो सवा तीन बजेदेखि खेल सुरु हुनेछ।

मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाएर खेलिरहदा वर्षाले खेल प्रभावित भएको थियो। म्यानचेस्टरमा भएको खेलमा वर्षा नरोकिएपछि खेल बुधबारसम्मका लागि स्थगित गरिएको थियो।

खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भए ।

न्युजिल्यान्डका लागि क्रिजमा रोस टायलर ६७ रन बनाएर अविजित छन् । न्युजिल्यान्डले आज ४६।१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रनदेखि नै ब्याटिङ थाल्नेछ ।

दुवै टिम जित हात पार्दै फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छन् । आजको विजेताले फाइनलमा उपाधिका लागि अर्को सेमिफाइनल विजेता अष्ट्रेलिया वा आयोजक इंग्ल्यान्डसँग खेल्नेछ ।

बुधबार वर्षाको सम्भावना

ब्रिटेनको मौसम विभागले बुधबार पनि म्यानचेस्टरमा बादल लाग्ने रबेलाबेला वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।

बीबीसीको मौसम रिपोर्टले पनि म्यानचेस्टरमा मंगलबार रात बादल लागेको तथा बुधबार विहान र दिउँसो हल्का वर्षा हुन जनाएको छ।

बुधबारको खेलमा मौसमले प्रभाव पार्ने भए पनि मंगलबारकै जस्तो खेल नै हुन नसक्ने स्थिति भने नरहने बताइएको छ।

आज पनि पानी परे के हुन्छ ?

अब बुधबार वर्षा नभएको अवस्थामा न्युजिल्यान्डले ४६।१ ओभरदेखि ब्याटिङ गर्नेछ। त्यसपछि भारतले आफ्नो ब्याटिङ सुरु गर्नेछ।

बुधबार पनि वर्षा भएको अवस्थामा भने भारतलाई ओभर घटाएर नयाँ लक्ष्य दिइनेछ। भारतले नयाँ लक्ष्य पाएर खेल हुनका लागि कम्तिमा २० ओभरको खेल सम्भव हुनु पर्नेछ।

भारतले २० ओभरमा १४८ रन, २५ ओभरमा १७२ रन, ३० ओभरमा १९२ रन, ३५ ओभरमा २०९ रन र ४० ओभरमा २२३ रन लक्ष्य पाउनेछ। यस्तै ४६ ओभरको खेल सम्भव भएमा भारतलाई २३७ रनको लक्ष्य दिइनेछ।

वर्षाका कारण २० ओभर पनि खेल हुन नसकेको अवस्थामा भने लिग चरणको अंकको आधारमा नतिजा तय हुनेछ। खेल नभएमा लिग चरणमा शीर्ष बनेको भातरले चौथो बनेको न्युजिल्यान्डलाई पछि पारेर फाइनलमा स्थान बनाउनेछ।