११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

पीएसजीले नेयमारलाई भन्योः अभ्यासमा नआउने भए कल्ब छोडेर जान सक्छौ

पीएसजीले नेयमारलाई भन्योः  अभ्यासमा नआउने भए कल्ब छोडेर जान सक्छौ
अ अ+ अ-

काठमाडौं । चर्चित स्ट्राइकर नेयमारलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कारबाही गर्ने भएको छ ।

सोमबारदेखि पीएसजीले प्रि–सिजनको अभ्यास थालेको थियो । तर चर्चित खेलाडी नेयमार भने उपस्थित हुन सकेनन् । अभ्यासमा नआउने बारे नेयमारले क्लबमा कुनै जानकारी नगराएको भन्दै पीएसजी कारबाही गर्ने तयारीमा पुगेको बीबीसीले उल्लेख गरेको छ ।

प्रिण्सिजनको पहिलो दिन नै अभ्यासमा उपस्थित नभएपछि क्लब नेयमारसँग रुष्ट बनेको हो ।पिएसजीका खेल निर्देशक लियोनार्दोले एक अन्तर्वार्तामा नेयमारले पिएसजी छोड्न सक्ने बताएका छन् । नेयमारको पछिल्लो गतिविधिबाट क्लब रुष्ट हुदै आएको छ । पिएसजीले पछिल्लो वक्तव्य जारी गरेर भनेको छ, ‘नेयमार क्लबको अनुमति बिना उपस्थित भएनन् । यस्तो अवस्थाप्रति खेद व्यक्त गर्दछ ।’

दुई वर्षअघि नेयमार बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा पिएसजीमा गएका थिए । नेयमारले पीएसजीका लागि ३७ खेलमा ३४ गोल गरेका छन् । तर हाल नेयमार पुनः बार्सिलोना फर्किन चाहेका समाचारहरु प्रकाशमा आइरहेका छन् ।

नेयमार कोपा अमेरिका फुटबल सुरु हुनुभन्दा केही दिनअघि घाइते भएपछि ब्राजिलको टिममा पनि परेनन् । कहिले घाइते त कहिले विभिन्न लफडामा पर्ने गरेका छन् ।

ग्रिज्म्यानसँगै सरुवा बजार खुल्ला हुँदै ब्राजिलीयन नेयमारलाई क्लब फर्काउने ध्याउन्नमा पनि बार्सिलोना रहेको छ ।

नेयमार गएको महिनादेखि नै बार्सिलोना र्फकने कसरतमा रहे पनि ठूलो आर्थिक कारोबारका कारण अवस्था कठीन बनेको छ ।

यस्तोमा बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डोनरले पनि नेमार ल्याउन सहज नरहेको धारणा सार्वजनिकरुपमा नै बताएका छन् । कार्डोनरका अनुसार नेयमार बार्सिलोना फर्किन चाहे पनि पिएसजीसँग कुनै कुरा भएको छैन।

‘नेयमार बार्सिलोना आउन चाहन्छन्, यो हो । तर बार्सिलोनाले उनलाई भित्र्याउन कुरा गरेका छैन’ उनले भनेका छन् ।लियोनल मेस्सी लगायत बार्सिलोनाका खेलाडीले नेयमारसँग पूनः सँगै खेल्न पाउने आश देखाएका छन्। तर उपाध्यक्ष कार्डोनरले नेयमारलाई भित्राउनेबारे अनौनपचाकि रुपमा पनि छलफल सुरु नभएको बताएका छन्।

सन् २०१७ मात्रै नेयमार पिएसजीसँग आवद्ध भएका थिए । नेयमार बार्सिलोना छाडेर पीएसजी गए, त्यसबेला सम्बन्ध तिक्ततापूर्ण थियो । त्यसतर्फ संकेत गर्दै उनले भने, ‘नेयमारले क्लब छाड्दाका धेरै कुरा छन्, जुन हामीलाई मन परेको छैन । धेरै कुरा सुल्झन बाँकी छ ।’

उनले नेयमार मात्र नभई थुप्रै स्टार खेलाडीहरु क्लबमा आउन चाहेको समेत दाबी गरेका छन् ।यदि नेयमार पुनः बार्सिलोना फर्किए वार्षिक तलबमा समेत कटौती हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।

उपाध्यक्षले यस्तो बताइरहे पनि बार्सिलोना नेमारलाई ल्याउन सकिने आधारहरुको खोजिमा भने लागिरहेको छ । पीएसजीलाई कसरी मिलाउन सकिन्छ भन्नेमा बार्सिलोना बोर्डले हरेक दिन छलफल गरिरहेको छ ।

पीएसजी नै पनि नेयमारलाई बेच्न राजी नै देखिन्छ । तर पीएसजीका अध्यक्ष नासेर अल खेलाफी नेयमारलाई किनेको भन्दा कममा बेच्न तयार छैनन् । उनले नेयमारलाई अर्के सिजनमा भन्दा यो सिजन नै बेच्न उपयुक्तसमेत ठानेको बताएका छन् ।

मैदानमा पेनाल्टी र फ्रिकिककै लागि नेयमार र एमबाप्पेबीच प्रतिस्पर्धाको अवस्था आउने भएमा प्रशिक्षक थोमसलाई अझ कठीन हुँदै जाने छ । यसैले थोमसले भनेका छन्, ‘यदि कोही जान चाहन्छ भने उसको लागि बाटो खुला छ ।’अध्यक्ष खेलाफीले पनि भनेका छन्, ‘हामी अब कोही ‘सेलिब्रिटी’ चाहँदनौं, जो योजना मान्न तयार छैनन्, उसले छाड्न सक्छ ।’

यसैले बार्सिलोना नेयमारलाई ल्याउन ठूलो रकम खर्चने सँगै अरु कुन उपाय हुनसक्छ भन्ने खोजिमा लागेको हो । यसमा नेयमार नै पनि पर्ख र हेरको स्थितिमा छन् । केही बोलिदिँदा अवस्था बिग्रन सक्ने उनले राम्ररी बुझेका छन् ।

बार्सिलोना आउन आफूले बनाउन सक्ने सकारात्मक वातावरण बनाउन नेयमार लागिरहेका छन् । बार्सिलोनाका साथीहरुसँगको कुराकानी पनि उनले आफू बार्सिलोना आउन लागिपरेको बताएका छन् ।

हाल नेयमारले पिएसजीबाट खेल्दा वार्षिक ३६.८ मिलियन युरो कमाउँछन् । तर यदि बार्सिलोना फर्किए भने उनको वार्षिक तलब घटेर २४ मिलियन युरो हुन सक्ने स्पोर्टसले जनाएको छ । गत हप्ता म्यान्चेष्टर युनाइटेडले पल पोग्बाको स्थानमा नेयमारलाई भित्र्याउने चाहना राखेको थियो । तर पिएसजीले उच्च रकम अफर गरेपछि युनाइटेड पछि हटेको थियो ।