काठमाडौं । ललितपुरमा जंगली च्याउ खादाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङका जनक नेपालीको रहेको प्रहरीले जनाएको छ ।
आफन्तहरुका अनुसार लुभुस्थित जंगलबाट ल्याइएको च्याउ खाएपछि बेहोस भएका निलकण्ठ नगरपालिका ७ टारुखर्कका उनको उपचारका क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो ।
सँगै अरु तीन जनाले पनि च्याउ खाएको बताइएको छ ।