११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

शिल्पा पोखरेलले छविराज ओझासँग डिभोर्स मागिन्

शिल्पा पोखरेलले छविराज ओझासँग डिभोर्स मागिन्
अ अ+ अ-

नायिका शिल्पा पोखरेलले आफ्ना श्रीमान् छविराज ओझाविरुद्ध उजुरी दर्ता गराएकी छिन् । पोखरेलले चलचित्र निर्माता तथा श्रीमान छबी ओझा बाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

उनले आइतबार महानगरीय प्रहरी परिसर,टेकु काठमाडौंमा उजुरी दिएको प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । उनको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुबैलाई प्रहरीले बुधबार छलफलका लागि बोलाएको थियो । तर, निर्माता ओझा विरामी परेपछि बिहीबार (भोली) दिउँसो दुईलाई प्रहरी परिसरमा बोलाइएको छ ।

ओझा र पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो । ओझाले पोखरेललाई केही समयदेखि कुटपिट गरिरहेका थिए । ओझाले कुटपिट गरेपछि पोखरेल आफन्तको घरमा गएर बस्न थालेकी थिइन् । स्रोतका अनुसार, पोखरेलले ओझासँग डिभोर्स मागेकी छन् । तर, यस विषयमा बुझ्न खोज्दा छवि र शिल्पा दुबैसँग फोन सम्पर्क हुन सकेन । दुईले गोप्य रुपमा समस्या सुल्ट्याउन चाहेका छन् ।

पोखरेल ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । ओझा र पोखरेलले २०७३ सालको दशैंमा काठमाडौंको गोकर्ण रिसोर्टमा सुटुक्क लगनगाँठो कसेका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए ।

तर, पोखरेल र ओझाको सम्बन्ध पछिल्लो केही समयदेखि विग्रिएको थियो । शिल्पामाथि ओझाले कामदेखि अन्य कुरामा समेत हस्तक्षेप गरेको वुझिएको छ । ओझाले पोखरेललाई आफू निर्मित चलचित्र ‘लज्जा’बाट यो क्षेत्रमा भित्राएका थिए । यही चलचित्रको प्रचारका क्रममा पोखरेलले आफूलाई ओझा मन पर्ने बताएका थिए ।

पोखरेलले ओझाको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।पोखरेलसँग बिबाह गर्नुअघि ओझाका तीन जनासँग बिबाह भइसकेको थियो । रेखा थापा छविराजको तेस्रो श्रीमती थिइन् ।