• २५ असार २०८१, मंगलवार
  •      Tue Jul 9 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

महिला मात्र बस्ने अनौठो टापु, यस्तो छ अचम्मको कारण



तपाईहरुले गर्ल्स पार्टी, लेडिज नाइटका बारेमा त सुन्नु नै भएको होला । तर के तपाईले लेडिज बीच (समुन्द्री तट) का बारेमा सुन्नुभएको छ? सायद छैन होला । तर साच्चै नै एउटा यस्तो टापुरहेको छ, जहाँ केबल महिलाहरु मात्र जान पाउने मान्यता रहेको छ । त्यहाँ पुरुषहरुलाई जानका लागि प्रतिबन्ध लगाइएको छ ।

उक्त टापुको नाम सुपरशी टापु हो ।बाल्टिक समुद्रमा रहेको फिनल्याण्डको उक्त टापु ८.४७ एक्कड क्षेत्रफलमा फैलिएको छ । अमेरिकाकी एक धनाढ्य महिला क्रिस्टिना रोथले सन् २०१७ मा यो टापु किनेकी थिईन् । जुन यसै बर्षदेखि गर्मी महिनामा खुल्न गइरहेको छ ।

उनलाई लामो समयदेखि यस्तो ठाउँको खोजी रहेको थियो, जहाँ केबल महिलाहरु मात्र स्वतन्त्र रुपमा पार्टी गर्नका लागि जान सकून । र त्यहाँ अरामसँग केबल रमाइलो गर्न पाउन । यो कुरा क्रिस्टिनाको दिमाागमाा त्यस समय आयो जब उनी एकपटक क्यालिफोर्नियाको कालाबसासको आश्रममा छुट्टी मनाइरहेकी थिइन् । त्यहाँ उनले महिलाहरुलाई आफूभन्दा पनि बढी पुरुषहरुमा ध्यान रहेको पाएकी थिईन् ।

त्यहाँ महिलाहरुलाई फिटनेश, पोषण तथा अन्य सबैखाले दैनिक आवश्यकताका चिजबिजहरु प्राप्त हुनेछन् । भागदौडबाट मुक्त भएर महिलाहरु उक्त टापुमा समय बिताउन पाउनेछन् ।

यो टापुमा एउटा रिसोर्ट छ । उक्त रिसोर्टको निर्माण सम्पन्न हुनै आँटेको छ । रिसोर्ट ४ वटा क्याबिन हुनेछन् र ती क्याबिनमा १० जना महिला आरामसँग बस्न सक्नेछन् ।

उक्त रिसोर्टको बुकिङ खुल्ला भैसकेपछि केवल महिलाहरुले मात्र त्यहाँ कोठा बुक गर्न पाउनेछन् । रिसोर्टका कोठा बुक गर्नका लागि केवल पैसा तिरेर मात्र पुग्नेछैन ग्राहकहरुले स्काइपीको माध्यमबाट अन्तरवार्ता नै दिनुपर्नेछ ।

क्रिस्टिनाले आफूले त्यहाँ त्यस्तो रिसोर्ट खोल्नुको अर्थ आफू पुरुषहरुकाविरुद्ध भएको भन्ने कुरा चाहिँ गलत भएको बताइन् । उनले भनिन्, म पुरुषहरुलाई माया गर्छु । उनीहरुलाई कुनै पनि प्रकारको घृणा गर्दिन् । केही समयपछि यो टापु पुरुषहरुका लागि पनि खुल्न सक्छ । हाल यो केबल महिलाहरुका लागि मात्र भएको बताइएको छ ।