३० श्रावण २०८३, शनिबार
,
Latest
विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादी केन्द्रले सशक्त प्रतिवाद गर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले धर्म निरपेक्षता र समावेशि समानुपातिक प्रतिनिधित्व प्रणाली वर्तमान संविधानको सुन्दरता भएको बताउनुभएको हो ।

उहाँले संविधानको यो सुन्दरता विपरित गएर संविधान संशोधन हुन नसक्ने बताउनु भयो । उहाँले पश्चगामी सोचाईका साथ संविधान संशोधनमा गिद्धेनजर लगाइए माओवादी केन्द्रले संसद र सडकबाट सशक्त प्रतिवाद गर्ने बताउनु भयो । उहाँले कांग्रेस–एमालेले संविधानको सुन्दरतामाथि प्रहार गरेमा सम्बन्धित जाति, समुदाय, क्षेत्र, लिङ्ग र वर्गले प्रतिवाद गर्ने र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्ने बताउनु भयो । उहाँले जनताका अधिकारहरुलाई सुदृढ गरेर र समयानुकुल परिवर्तन गरेर संशोधन गर्ने कुरामा भने माओवादी सहमत रहने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो भनाई के हो भने यस्तो पश्चगामी सोचाईका साथ उहाँहरु संविधान संशोधनमा गिद्धेनजर लगाउन थाल्नुभएको हो भने त्यसको संसद र सडकबाट पनि हामीले प्रतिवाद नगरेपनि सम्बन्धित अधिकार प्राप्त गरेका जाति, समुदाय, क्षेत्र, लिङ्ग, वर्गले प्रतिवाद गर्छ । त्यसबेला त्यसको नेतृत्व हामीले गर्नैपर्छ । त्यो अधिकार हनन गर्ने, खोस्ने र संविधानको सुन्दरतामाथि उहाँहरुले हमला गर्न थाल्नुभयो भने त्यसको प्रतिकार गर्नुको त अरु हामीसँग के विकल्प रहन्छ र ? जनताका अधिकारहरुलाई सुदृढ गरेर, समयानुकुल परिवर्तन र संशोधन गर्दै जाने कुरामा माओवादी पछि हट्दैन । तर प्राप्त भएका उपलब्धिहरुका माथि हमला गर्ने, खोसिने, कटौती गरिने, गिद्धेनजर लगाउने भयो भने त त्यसको सशक्त ढंगले प्रतिवाद हुन्छ ।’

उहाँले प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गरेर विश्वासको मत लिने बताउनु भयो । प्रधानमन्त्रीले विश्वासको मत लिन संविधानमा भएको व्यवस्थालाई लोकतान्त्रिक ढंगले अभ्यास गर्न लागेको बताउनु भयो ।