२० भाद्र २०८३, शनिबार
,
Latest
चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशलाई अहिलेको अवस्थाबाट निकास दिनु बाहेकको विकल्प नभएको बताउनुभएको छ ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशलाई निकास दिन ठूला राजनीतिक दलहरुले सोच्ने बेला आइसकेको र संविधान संशोधनका लागि दुई ठूला राजनीतिक दलहरु मिल्नु राम्रो भएको बताउनु भयो । उहाँले भ्रष्टाचार गर्ने कुनेपनि नेताहरुलाई कारबाही गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जुन अवस्था देशको छ, त्यसलाई निकास दिने बाहेक अर्को विकल्प छैन । त्यसको लागि ठूला पार्टीहरुले सोच्ने बेला आइसकेको छ । जसको जसको फाइल बनेको छ, जसले भ्रष्टाचार गरेका छन्, म रविजीलाई भन्न चाहन्छु, अझै गृहमन्त्री हुनुहुन्छ, तत्काल कारबाही गर्नुस् न नेपाली जनताले यो चाहेका छन् । अहिलेसम्म खालि एउटाले अर्कोलाई आरोप लगाउने बाहेक कुनै काम भएको छैन । गलत काम कोही ठूला नेताले गर्छ भने कारबाही गर्नुस् । निर्दोषलाई फसाउन पाइँदैन ।’

सांसद सिंहले मन्त्री खानका लागि राप्रपा मरिहत्ते नगर्ने बताउनु भयो ।