३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

सम्राट् नेपोलिअनले आत्महत्या गर्न प्रयोग गर्न खोजेका पिस्तोल रु २४.५ करोडमा लिलाम

सम्राट् नेपोलिअनले आत्महत्या गर्न प्रयोग गर्न खोजेका पिस्तोल रु २४.५ करोडमा लिलाम
अ+ अ-

एजेन्सी । फ्रान्सका सम्राट् नेपोलिअन बोनापार्टको स्वामित्वमा भएका दुइटा पिस्तोल १६.९ लाख यूरो (झन्डै २४.५ करोड नेपाली रुपैयाँ)मा लिलाम भएका छन्। कुनै बेला ती हतियार प्रयोग गरेर उनले आत्महत्या गर्न खोजेको ठानिन्छ।

प्यारिसस्थित बन्दुक उत्पादक ‘लुई–मारिन गोसे’मा बनेका ती पिस्तोल १२ लाखदेखि १५ लाख यूरोमा बिक्री हुने अपेक्षा राखिएको थियो।

‘ओजनाट अक्शन हाउस’मा ती पिस्तोलको लिलामी गरिएको थियो।

उक्त लिलाम गृह नेपोलिअनले सन् १८१४ मा गद्दी परित्याग गरेपछि आत्महत्या गर्ने प्रयास गरेको फोँटेन्ब्लो दरबारनजिकै छ।

केही समयअघि फ्रान्सको संस्कृति मन्त्रालयले ती पिस्तोललाई ‘राष्ट्रिय सम्पत्ति’ घोषणा गर्दै तिनलाई विदेश पठाउन रोक लगाउने निर्णय गरेको थियो।

अब के हुन्छ
ती पिस्तोल अस्थायी रूपमा मात्र फ्रान्सबाट बाहिर लैजान पाइन्छ।

अब फ्रान्स सरकारले ती पिस्तोल किन्ने व्यक्तिसँग ३० महिनाभित्र ती हतियार सकार्न सक्छ।

उनको नाम सार्वजनिक गरिएको छैन।

ती दुवै पिस्तोलमा सुन र चाँदीका बुट्टा छन्। तिनमा नेपोलिअनको मुखाकृति पनि अङ्कन गरिएको छ।

आत्महत्याको प्रयास
विदेशी फौजसँग आफ्नो सेना पराजित भएपछि नेपोलिअन बोनापार्ट सत्ता त्याग्न बाध्य भएका थिए। त्यसपछि सन् १८१४ को एप्रिल १२ को राति नेपालिअनले ती पिस्तोल प्रयोग गर्न खोजेको बताइन्छ।

तर उनका वरिष्ठ सैन्य अधिकारी आर्माँ ड कोलाँकूरले ती पिस्तोलबाट बारुद हटाइदिएका थिए। त्यसपछि नेपोलिअनले विष सेवन गरे। तर उनको मृत्यु भएन।

पछि नेपोलिअनले ती पिस्तोल कोलाँकूरलाई दिए। ती हतियार कोलाँकूरको परिवारको स्वामित्वमा रहँदै आयो।

अन्य सामग्री पनि लिलामीमा
पिस्तोल राखिएको बाकस अनि बारुद राख्ने सिङ र बारुद खाँद्न प्रयोग गरिने छडीहरूसहित अन्य सामग्री पनि सँगै बिक्रीमा राखिएको थियो।

लिलामकर्ता जाँ‍–पिएर ओजनाटका अनुसार ती वस्तुसँगै ‘नेपोलिअन सबैभन्दा नराम्रो अवस्थामा हुँदाको छवि’ पनि बिक्रीका लागि राखिएको थियो।

नेपोलिअनसँग सम्बन्धित सामानमा धेरै रुचि देखिन्छ। गत नोभेम्बरमा नेपोलिअनको छविसँग जोडिएको टोपी १९ लाख यूरो (२७.४८ करोड रुपैयाँ) बिक्री भएको थियो।

सन् २०१४ मा पनि नेपोलिअनको अर्को टोपी १९ लाख यूरोमै बिक्री भएको थियो।

नेपोलिअन फेरि सत्तामा
नेपोलिअन निर्वासित भएर भूमध्यसागरस्थित एल्बा टापुमा गए। त्यसपछि १८१५ मा त्यहाँबाट भागेर उनले फ्रान्सको राजधानीमा कुच गरे।

तर उनी वाटरलूको युद्धमा पराजित भएपछि उनको छोटो कार्यकाल पनि टुङ्गियो।

दोस्रो पटक निर्वासित भएपछि सन् १८२१ को मे ५ मा उनको मृत्यु भयो।

मृत्यु हुँदा उनी दक्षिण आन्ध्र महासागरस्थित सेन्ट हेलेना टापुमा ब्रिटिश कारागारमा थिए।

नेपोलिअनसँग सम्बन्धित महत्त्वपूर्ण घटनाक्रम

१७६९

– जन्म

१७८५

– प्यारिसस्थित सैन्य प्रतिष्ठानबाट दीक्षित

१७९५

– प्यारिसमा राजावादी विद्रोहीलाई परास्त गर्ने क्रान्तिकारी फौजको नेतृत्व

१७९६–१८०२

– अस्ट्रिया, प्रसिया र अरूसँग महत्त्वपूर्ण युद्धमा विजय

१८०४–०५

– आफूलाई सम्राट् घोषणा र अस्ट्रिया र रुसका फौजमाथि विजय

१८१२–१४

– रुसमा गरिएको कारबाही विफल भएपछि सैन्यफिर्तीः गद्दी परित्याग गर्न बाध्य र एल्बा टापुमा निर्वासित

१८१५

– एल्बाबाट भागेपछि ब्रिटिश र प्रसियाका सेनाबाट वाटरलूमा पराजितस सेन्ट हेलेना टापुमा निर्वासित

१८२१

– मृत्यु

बीबीसीबाट साभार