२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला मात्र बस्ने अनौठो टापु, यस्तो छ अचम्मको कारण



अ+ अ-

तपाईहरुले गर्ल्स पार्टी, लेडिज नाइटका बारेमा त सुन्नु नै भएको होला । तर के तपाईले लेडिज बीच (समुन्द्री तट) का बारेमा सुन्नुभएको छ? सायद छैन होला । तर साच्चै नै एउटा यस्तो टापुरहेको छ, जहाँ केबल महिलाहरु मात्र जान पाउने मान्यता रहेको छ । त्यहाँ पुरुषहरुलाई जानका लागि प्रतिबन्ध लगाइएको छ ।

उक्त टापुको नाम सुपरशी टापु हो ।बाल्टिक समुद्रमा रहेको फिनल्याण्डको उक्त टापु ८.४७ एक्कड क्षेत्रफलमा फैलिएको छ । अमेरिकाकी एक धनाढ्य महिला क्रिस्टिना रोथले सन् २०१७ मा यो टापु किनेकी थिईन् । जुन यसै बर्षदेखि गर्मी महिनामा खुल्न गइरहेको छ ।

उनलाई लामो समयदेखि यस्तो ठाउँको खोजी रहेको थियो, जहाँ केबल महिलाहरु मात्र स्वतन्त्र रुपमा पार्टी गर्नका लागि जान सकून । र त्यहाँ अरामसँग केबल रमाइलो गर्न पाउन । यो कुरा क्रिस्टिनाको दिमाागमाा त्यस समय आयो जब उनी एकपटक क्यालिफोर्नियाको कालाबसासको आश्रममा छुट्टी मनाइरहेकी थिइन् । त्यहाँ उनले महिलाहरुलाई आफूभन्दा पनि बढी पुरुषहरुमा ध्यान रहेको पाएकी थिईन् ।

त्यहाँ महिलाहरुलाई फिटनेश, पोषण तथा अन्य सबैखाले दैनिक आवश्यकताका चिजबिजहरु प्राप्त हुनेछन् । भागदौडबाट मुक्त भएर महिलाहरु उक्त टापुमा समय बिताउन पाउनेछन् ।

यो टापुमा एउटा रिसोर्ट छ । उक्त रिसोर्टको निर्माण सम्पन्न हुनै आँटेको छ । रिसोर्ट ४ वटा क्याबिन हुनेछन् र ती क्याबिनमा १० जना महिला आरामसँग बस्न सक्नेछन् ।

उक्त रिसोर्टको बुकिङ खुल्ला भैसकेपछि केवल महिलाहरुले मात्र त्यहाँ कोठा बुक गर्न पाउनेछन् । रिसोर्टका कोठा बुक गर्नका लागि केवल पैसा तिरेर मात्र पुग्नेछैन ग्राहकहरुले स्काइपीको माध्यमबाट अन्तरवार्ता नै दिनुपर्नेछ ।

क्रिस्टिनाले आफूले त्यहाँ त्यस्तो रिसोर्ट खोल्नुको अर्थ आफू पुरुषहरुकाविरुद्ध भएको भन्ने कुरा चाहिँ गलत भएको बताइन् । उनले भनिन्, म पुरुषहरुलाई माया गर्छु । उनीहरुलाई कुनै पनि प्रकारको घृणा गर्दिन् । केही समयपछि यो टापु पुरुषहरुका लागि पनि खुल्न सक्छ । हाल यो केबल महिलाहरुका लागि मात्र भएको बताइएको छ ।




भर्खरै