३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । गीतकार रुद्रनाथ अधिकारीका तीन म्युजिकि भिडियोहरु सार्वजनिक भएका छन् ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच अधिकारीका तीन म्युजिक भिडियो एकसाथ सार्वजनिक भएका हुन् । ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिजमा’ बोलका गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । बुझ मायालुमा प्रमोद खरेलको स्वर रहेको छ भने नरेन खड्का, समिक्षा क्षेत्री र अनुप बोहराको अभिनय रहेको छ ।

यस्तै रहेछ भाग्यमा पनि प्रमोद खरेलकै स्वर रहेको छ भने पुष्प खड्का लगायतका कलाकारको अभिनय रहेहको छ । त्यस्तै यसपालिको तिजमा अञ्जली अधिकारीको अभिनय रहेको छ भने शान्तिश्री परियारको स्वर रहेको छ ।

कार्यक्रममा बोल्दै गीतकार ज्योतिष पण्डित डा. रुद्रनाथ अधिकारीले आफूले आफ्ना दुर्घटनाका क्रममा भोगेका भोगाइहरुलाई गीतमार्फत व्यक्त गरेको बताउनु भयो । उहाँले नेपाली गीत संगीतको क्षेत्रमा आजबाट नै एउटा हाँसको रुपमा जोडिएको र सकेको सहयोग गर्दै जाने बताउनु भयो ।

उहाँले नेपाली गीत, संगीतको क्षेत्रमा आफू शुरुवाती चरणमा रहेको भन्दै सबैले साथ र सहयोग गरिदिन आग्रह गर्नुभयो ।