४ श्रावण २०८३, सोमबार
,
Latest
बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने चुरे संरक्षणमा बजेट अभाव र सरकारी उद्योगको जीर्ण अवस्थाप्रति सांसदहरूको चिन्ता पुँजीबजार सुधार गर्न लगानीकर्ताका जायज माग कार्यान्वयन गर्ने प्रधानमन्त्रीको आश्वासन रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय बुधबारदेखि वर्षा कम हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

के कालो कपडा लगाएको मानिसमा चट्याङ पर्ने बढी सम्भावना हुन्छ ?



प्रतीकात्मक तस्बिर
अ+ अ-

एजेन्सी । वर्षाको समयमा चट्याङ सबैभन्दा बढी पर्छ । सहरको तुलनामा ग्रामीण क्षेत्रमा बढी चट्याङ पर्ने गरेको छ । आज हामी तपाईलाई चट्याङ लाग्ने सम्भावना कुन–कुन व्यक्तिलाई बढी हुन्छ भन्ने जानकारी दिनेछौँ ।

मनसुनको आगमनसँगै चट्याङको घटना बढेको छ । चट्याङ लागेर मानिसले ज्यान समेत गुमाउन पुगेका छन् । के तपाईलाई थाहा छ चट्याङबाट मानिसलाई कसरी बचाउन सकिन्छ र कुन ठाउँमा चट्याङ बढी पर्छ ?

कुन मानिसलाई चट्याङले सबैभन्दा बढी असर गर्छ थाहा पाउनु अघि, चट्याङ कसरी सिर्जना हुन्छ र यसको कारणले मानिसको मृत्यु किन हुन्छ भन्ने जानकारी लिऔं ।

जानकारीका अनुसार सन् १८७२ मा वैज्ञानिक बेन्जामिन फ्र्याङ्कलिनले पहिलो पटक बादलमा चट्याङ पर्नुको सही कारण बताएका थिए । बादलमा पानीका स–साना कण हुन्छन्, जुन हावासँग घर्षणका कारण आवेशित (चार्ज) हुने उनले बताए । केही बादलहरू सकारात्मक रूपमा आवेशित हुन्छन्, जबकि अरूहरू नकारात्मक रूपमा आवेशित हुन्छन् ।

जब आकाशमा दुबै प्रकारका चार्ज भएका बादलहरू एकअर्कासँग ठोक्किन्छन्, लाखौं भोल्ट बिजुली उत्पादन हुन्छ । कहिलेकाहीँ यसरी उत्पादन हुने बिजुली यति धेरै हुन्छ कि त्यो पृथ्वीमा पुग्छ । यो घटनालाई चट्याङ पर्नु भनिन्छ ।

वर्षायाममा मामा–भाञ्जा सँगै बाहिर निस्कँदा चट्याङ पर्न सक्ने सम्भावना बढी रहने कथन छ । यसबाहेक कालो सर्प र कालो वस्तुमा पनि चट्याङ बढी पर्छ भनिन्छ ।

तर, वैज्ञानिकहरुका अनुसार चट्याङका बारेमा गरिएका सबै अनुमान गलत छन् । वास्तवमा, चट्याङ जुनसुकै बेला र जहाँ पनि जो कोहीमा पर्न सक्छ । चट्याङ कुनै व्यक्ति वा स्थानमा पर्दैन ।