११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

रोहित,राहुल र कोहली एक रन मै आउट

रोहित,राहुल र कोहली एक रन मै आउट
अ अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलको खेलमा न्युजिल्यान्डविरुद्द ब्याटिङ थालेको भारतले खराब सुरुवात गरेको छ । न्युजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले चार ओभर मै ३ विकेट गुमाएको हो ।

इंग्ल्यान्डको म्यान्चेस्टरमा मंगलबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल चलिरहंदा पानी परेपछि ‘रिजर्ब डे’ अनुसार आज बाँकी रहेको खेलमा भारतले आफ्ना तनि भरपर्दा ब्याट्सम्यान सस्तैमा गुमायो।

१.३ ओभरमा रोहित एक रनमा आउट हुदा भारतको चार रन थियो । दोस्रो विकेटको रुपमा कप्तान विराट आउट हुदा भारतको पाँच रन थियो । त्यस्तै, ३.१ ओभरमा राहुल आउट भएसँगै भारत दबाबमा परेको हो ।

यी तीन जना आउट भएपछि क्रिजमा रिषभ पन्त र दिनेश कार्तिक रहेका छन् ।

मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाएर खेलिरहदा वर्षाले खेल प्रभावित भएको थियो। म्यानचेस्टरमा भएको खेलमा वर्षा नरोकिएपछि खेल बुधबारसम्मका लागि स्थगित गरिएको थियो।

खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भए ।

दुवै टिम जित हात पार्दै फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छन् । आजको विजेताले फाइनलमा उपाधिका लागि अर्को सेमिफाइनल विजेता अष्ट्रेलिया वा आयोजक इंग्ल्यान्डसँग खेल्नेछ ।