७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिआरआई सम्झौता अनुमोदन



अ+ अ-

अल्जियर्स । अल्जेरियाले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बिआरआई) कार्यक्रमलाई औपचारिक रुपमा अनुमोदन गरेको छ । अल्जेरियाको एपीएस समाचार संस्थाका अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरिया गत वर्ष सेप्टेम्बरमा सहभागी भएको थियो ।

बिआरआई सम्बन्धी सहमतिपत्रमा अल्जेरियाका अन्तरिम राष्ट्रपति अब्देलकादेर बेनसलाहले हस्ताक्षर गर्नुभएको र त्यसलाई सरकारी राजपत्रमा प्रकाशन गरिएको छ ।

राष्ट्रपतिको आदेशमा अल्जेरिया र चीनले पूर्वाधारका क्षेत्रमा पारस्परिक लाभ तथा दुबै पक्षबीच सहमति भएका अन्य क्षेत्रमा आपसी सहयोगलाई बढावा दिइने उल्लेख छ ।

सन् २०१८ को सेप्टेम्बर ४ मा बेइजिङमा सम्पन्न चीन–अफ्रिका सहयोग मञ्चको बैठकका अवसरमा अल्जेरिया र चीनबीच बिआरआईमा सहभागी हुनेबारे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सन् २०१३ मा चीनले प्रस्ताव गरेको बिआरआईले सिल्करोड आर्थिक क्षेत्र तथा एक्काइसौं शताब्दीको म्यारिटाइम सिल्करोडलाई समेट्छ । यस कार्यक्रम मार्फत एसियासँग युरोप, अफ्रिका र अन्य क्षेत्रलाई जोडेर व्यापारलाई बढावा दिने तथा पूर्वाधारको विशाल सञ्जाल निर्माण गरिनेछ ।

अल्जेरियाले हाल विशाल पूर्वाधार परियोजनाहरु निर्माण गरिरहेको र त्यसलाई बिआरआई कार्यक्रममा समावेश गर्न प्रयास गरिरहेको छ ।

विगत छ वर्षदेखि नै अल्जेरिया चीनको प्रमुख आर्थिक साझेदार रहिआएको छ । दुबै मुलुकबीच करिब ९ अर्ब डलरको वार्षिक व्यापार हुने गरेको छ ।

सन् २००९ को पहिलो पाँच महिनामा चीनले करिब ३ अर्ब ५० करोड डलर बराबरका सामग्री अल्जेरिया निकासी गरेको थियो ।