३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियाका आप्रवासी बन्दीगृह बन्द गर्न आग्रह



अ+ अ-

त्रिपोली । शरणार्थी सम्बन्धी संयुक्तराष्ट्र संघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले अवैध आप्रवासीलाई नजरबन्द गर्न लिबियामा खोलिएका बन्दीगृहहरु बन्द गर्न आग्रह गरेको छ ।


युएनएचसिआरले ट्वीट गर्दै २०० जना आप्रवासीलाई तजौरामा नजरबन्द गर्न लागिएको भन्दै लिबियामा असुरक्षाका कारण यी सबै बन्दीगृह बन्द गर्न आह्वान गरेको हो ।

जुलाईमा लिबियाको राजधानी त्रिपोलीको पूर्वी भेगमा स्थापित यस्तै बन्दीगृहमा भएको क्षेप्यास्त्र आक्रमणमा ५० जनाभन्दा बढी आप्रवासी मारिनुका साथै अरु सयौं घाइते भएका थिए ।

उक्त आक्रमणप्रति पूर्वी क्षेत्रमा सक्रिय विद्रोही पक्ष र राष्ट्रसंघ समर्थित सरकारले एकअर्कामाथि दोषारोपण गरिरहेका छन् ।

विद्रोही समूहले त्रिपोलीलाई नियन्त्रणमा लिन गत अप्रिलदेखि नै सरकारी फौजसँग सशस्त्र भिडन्त गरिरहेको छ । यसक्रममा एक हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने एक लाखभन्दा बढी मानिस अन्यत्र पलायन भएका छन् ।

सन् २०११ मा तत्कालीन शासक मोउमार गद्दाफीको शासन पतन भएसँगै लिबियामा हिंसात्मक घटनाहरु बढ्नुका साथै राजनीतिक अस्थिरता चरम अवस्थामा पुगेको छ ।