• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

छोरा बुहारी सुत्ने कोठामा सिसि क्यामेरा जोडेपछि…



काठमाडौं । कहिले काँहि अनौठो कुरा सुन्नु पर्छ बिभिन्न क्षेत्रमा यस्ता कुरा थोरै मात्रामा हुने गर्छन यस्तै भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरुद्ध उजुरी दिन राज्य महिला आयोग पुगिन् । कारण यो हो कि उनका श्रीमानले घरभरी नै सिसिटिभी क्यामरा लगाएकी छिन् ।

इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार पश्चिमी त्रिपुरा जिल्लाको प्रतापगढमा एउटा गाउँ छ, साधुतिल्ला । यहाँ यी दुईको तीन वर्ष अघि विवाह भएको थियो । महिलाका अनुसार उनका श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँचवटा क्यामरा राखे । त्यसपछि महिला घर छोडेर माइती गइन् ।

महिलाका अनुसार क्यामरा मेन इन्ट्रान्स गेटमा, सासुको कोठामा, बैठकमा, उनीहरुको बेडरुममा पनि राखिएका थिए । क्यामराको मोनिटर सासुको कोठामा फिट थियो जहाँबाट निगरानी राखिन्थ्यो । यसका साथै महिलाले उनलाई विवाहको केही दिनपछि नै दाइजोका लागि प्रताडित गर्न थालिएको जानकारी दिइन् । विवाहका बेला दाइजोको कुरै नगरेको परिवारले एकाएक दाइजो मागेको उनले आरोप लगाइन् । उनको परिवारले एक पैतृक जमिन बेचेर पाएको दुई लाख भारु दाइजोस्वरुप दिएको बताइन् ।

यसबारे महिलाका श्रीमानसँग सोधपुछ भयो । उनले आफू निर्दोष भएको र दाइजोको कहिले पनि माग नगरेको बताए । श्रीमतीले घर छोड्ने तयारी गरिरहेका बेला आफूले जेल पठाउने धम्की दिएको र उनले त्यसैको बदला लिइरहेको श्रीमानले बताए । श्रीमानका अनुसार उनकी श्रीमती उनीसँग, उनका आमा र आफन्तसँग दुर्व्यवहार गर्थिन्, त्यसकारण उनले आत्मसुरक्षामा सिसिटीभी क्यामरा लगाएका थिए । परेको बेला निर्दोष छु भनेर प्रमाणित गर्न सकियोस् भनेर उनले यस्तो गरेको बताए ।

महिला आयोगकी अध्यक्ष बरनाली गोस्वामीले यसलाई गम्भीर अपराध बताएकी छिन् । उनले भनिन्, ‘कोही महिला आफ्नै घरमा लगातार निगरानीमा कसरी बस्न सक्छिन् रु ’उनले १७ जुलाईमा दुई पक्षको कुरा सुनिन् र उनीहरुलाई ४५ दिनको समय पनि दिइन् । यतिबेला श्रीमानले श्रीमतीलाई गुजाराका लागि हरेक महिना ३ हजार भारु दिने पनि बताएका छन् ।