२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरा बुहारी सुत्ने कोठामा सिसि क्यामेरा जोडेपछि…



अ+ अ-

काठमाडौं । कहिले काँहि अनौठो कुरा सुन्नु पर्छ बिभिन्न क्षेत्रमा यस्ता कुरा थोरै मात्रामा हुने गर्छन यस्तै भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरुद्ध उजुरी दिन राज्य महिला आयोग पुगिन् । कारण यो हो कि उनका श्रीमानले घरभरी नै सिसिटिभी क्यामरा लगाएकी छिन् ।

इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार पश्चिमी त्रिपुरा जिल्लाको प्रतापगढमा एउटा गाउँ छ, साधुतिल्ला । यहाँ यी दुईको तीन वर्ष अघि विवाह भएको थियो । महिलाका अनुसार उनका श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँचवटा क्यामरा राखे । त्यसपछि महिला घर छोडेर माइती गइन् ।

महिलाका अनुसार क्यामरा मेन इन्ट्रान्स गेटमा, सासुको कोठामा, बैठकमा, उनीहरुको बेडरुममा पनि राखिएका थिए । क्यामराको मोनिटर सासुको कोठामा फिट थियो जहाँबाट निगरानी राखिन्थ्यो । यसका साथै महिलाले उनलाई विवाहको केही दिनपछि नै दाइजोका लागि प्रताडित गर्न थालिएको जानकारी दिइन् । विवाहका बेला दाइजोको कुरै नगरेको परिवारले एकाएक दाइजो मागेको उनले आरोप लगाइन् । उनको परिवारले एक पैतृक जमिन बेचेर पाएको दुई लाख भारु दाइजोस्वरुप दिएको बताइन् ।

यसबारे महिलाका श्रीमानसँग सोधपुछ भयो । उनले आफू निर्दोष भएको र दाइजोको कहिले पनि माग नगरेको बताए । श्रीमतीले घर छोड्ने तयारी गरिरहेका बेला आफूले जेल पठाउने धम्की दिएको र उनले त्यसैको बदला लिइरहेको श्रीमानले बताए । श्रीमानका अनुसार उनकी श्रीमती उनीसँग, उनका आमा र आफन्तसँग दुर्व्यवहार गर्थिन्, त्यसकारण उनले आत्मसुरक्षामा सिसिटीभी क्यामरा लगाएका थिए । परेको बेला निर्दोष छु भनेर प्रमाणित गर्न सकियोस् भनेर उनले यस्तो गरेको बताए ।

महिला आयोगकी अध्यक्ष बरनाली गोस्वामीले यसलाई गम्भीर अपराध बताएकी छिन् । उनले भनिन्, ‘कोही महिला आफ्नै घरमा लगातार निगरानीमा कसरी बस्न सक्छिन् रु ’उनले १७ जुलाईमा दुई पक्षको कुरा सुनिन् र उनीहरुलाई ४५ दिनको समय पनि दिइन् । यतिबेला श्रीमानले श्रीमतीलाई गुजाराका लागि हरेक महिना ३ हजार भारु दिने पनि बताएका छन् ।




भर्खरै