८ भाद्र २०८३, सोमबार
,
Latest
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर होइन, निष्ठा र जिम्मेवारीको पुस्तान्तरण हो हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा



अ+ अ-

काठमाडौँ।अविरल वर्षा र पहिरोका कारण करिव एक महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय चरिकोटको निरन्तर प्रयासपछि उक्त सडक खण्डको अवरोध हटेको हो । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीकाअनुसार राजमार्ग सुचारु गर्ने क्रममा एक हप्ताअघि सोही सडक खण्डको अर्को पहिरो सफा गरिएको थियो ।

हाल टोलीले सीमा क्षेत्र नजिकै रहेको लिपिङ पहिरो पन्छाउने कार्यलाई तिब्रता दिएको छ । लिपिङ क्षेत्रमा पहिरोका कारण १० देखि १२ वटा घरहरू उच्च जोखिममा रहेका उहाँले बताउनु भयो । डिभिजन प्रमुख भण्डारीले सडकलाई पूर्ण रूपमा सुचारु गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आज हामीले करिव एक महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको कोदारी पहिरो, जसलाई ठूलो पहिरो पनि भनिन्छ, यो खोल्न सफल भएका छौँ ।’

लिपिङमा जारी कार्य सम्पन्न भएलगत्तै सीमा क्षेत्रसम्मकै यातायात पूर्ण रूपमा सुचारु हुने उहाँको भनाइ छ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी झन्डै डेढ महिनापछि पुनः सञ्चालनमा आउने तयारीमा पुगेको छ ।

अविरल वर्षापछि आएको पहिरोका कारण कोदारी राजमार्गको विभिन्न खण्ड अवरुद्ध भएपछि गत साउनदेखि यो नाका बन्द रहेको थियो ।

लिपिङमा पहिरोले सडकमुनिको जमिन बगाएको र भोटेकोशी नदीको निरन्तर कटानका कारण पुनर्निर्माण कार्य जटिल बनेको छ । –न्युज एजेन्सी नेपाल