१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइराला परिवार छिन्नभिन्न, शशाङ्कको साथ देउवालाई



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले पार्टी सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दिउँसो भएको भेटमा कोइरालाले देउवालाई समर्थन गर्ने बताउनुभएको हो ।

शशाङ्कको देउवालाई समर्थन गर्ने घोषणासँगै कोइराला परिवार छिन्नभिन्न भएको छ । संस्थापन इतर समूहमा सभापति पदका लागि सर्वसम्मत उम्मेदवार चयन हुननसकेपछि पहिलो चरणको निर्वाचनअघि नै फुट आइसकेको छ । सो समूहबाट डा। शेखर कोइराला र प्रकाशमान सिंहले उम्मेदवारी दिनुभएको थियो ।

पहिलो चरणको निर्वाचनमा कसैले पनि बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउन नसकेपछि सबैभन्दा धेरै मत ल्याउने देउवा र शेखरबीच आजै दोस्रो चरणको मतदान हुँदैछ ।

प्रकाशमान सिंहको प्यानलबाट उपसभापति पदमा कोइराला परिवारबाट पूर्व सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले उम्मेदवारी दिनुभएको छ । यसरी अहिले कोइराला परिवार तीनतिर छिन्नभिन्न भएको छ ।

पहिलो चरणको निर्वाचनमा तेस्रो र चौथो स्थान हासिल गर्ने सिंह र विमलेन्द्र निधिले यसअघि नै दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गर्ने घोषणा गरिसक्नुभएको छ ।