१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइराला परिवार छिन्नभिन्न, शशाङ्कको साथ देउवालाई



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले पार्टी सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दिउँसो भएको भेटमा कोइरालाले देउवालाई समर्थन गर्ने बताउनुभएको हो ।

शशाङ्कको देउवालाई समर्थन गर्ने घोषणासँगै कोइराला परिवार छिन्नभिन्न भएको छ । संस्थापन इतर समूहमा सभापति पदका लागि सर्वसम्मत उम्मेदवार चयन हुननसकेपछि पहिलो चरणको निर्वाचनअघि नै फुट आइसकेको छ । सो समूहबाट डा। शेखर कोइराला र प्रकाशमान सिंहले उम्मेदवारी दिनुभएको थियो ।

पहिलो चरणको निर्वाचनमा कसैले पनि बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउन नसकेपछि सबैभन्दा धेरै मत ल्याउने देउवा र शेखरबीच आजै दोस्रो चरणको मतदान हुँदैछ ।

प्रकाशमान सिंहको प्यानलबाट उपसभापति पदमा कोइराला परिवारबाट पूर्व सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले उम्मेदवारी दिनुभएको छ । यसरी अहिले कोइराला परिवार तीनतिर छिन्नभिन्न भएको छ ।

पहिलो चरणको निर्वाचनमा तेस्रो र चौथो स्थान हासिल गर्ने सिंह र विमलेन्द्र निधिले यसअघि नै दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गर्ने घोषणा गरिसक्नुभएको छ ।