१ पुष २०८२, मंगलवार
,
Latest
नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कुल्ली नम्बर १’को फस्टलुक रिलिज, बरुण र साराको रोमान्टिक अवतार



अ+ अ-

निर्देशक डेभिड धवनको सुपरहिट चलचित्र ‘कुल्ली नम्बर १’ को रिमेकमा नायक बरुण धवन र नायिका साराअली खानले मुख्य भूमिका निर्वाह गर्दैछन् । ९० को दशकमा हिट भएको यो चलचित्रमा बलिउड नायक गोविन्दा र नायिका करिश्मा कपुरको मुख्य भूमिका थियो ।

डेभिड धवनको यो ४५ औं चलचित्र हो । बरुणले आफ्नो पितासँग सहकार्य गरेको यो तेस्रो चलचित्र हो । गत साताबाट यो चलचित्रको छायांकन थाइल्याण्डमा सुरु भइसकेको छ । बरुण र साराले यहि चलचित्रबाट स्क्रिन सेयर गर्दै छन् ।

यस्तैमा निर्माणपक्षले चलचित्रको फस्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक थिम पोस्टरमा बरुण र सारा फिचर छन् । सार्वजनिक फस्टलुकमा बरुण र साराको रोमान्टिक अवतार पनि देख्न सकिन्छ ।

‘पूजा इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण हुने यो चलचित्रमा वाशु भग्नानी, ज्याक्की भग्नानी र दिपशिखा देशमुखको लगानी रहने छ । यो चलचित्र सन् २०२० को मे मा रिलिज हुनेछ ।