२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कुल्ली नम्बर १’को फस्टलुक रिलिज, बरुण र साराको रोमान्टिक अवतार



अ+ अ-

निर्देशक डेभिड धवनको सुपरहिट चलचित्र ‘कुल्ली नम्बर १’ को रिमेकमा नायक बरुण धवन र नायिका साराअली खानले मुख्य भूमिका निर्वाह गर्दैछन् । ९० को दशकमा हिट भएको यो चलचित्रमा बलिउड नायक गोविन्दा र नायिका करिश्मा कपुरको मुख्य भूमिका थियो ।

डेभिड धवनको यो ४५ औं चलचित्र हो । बरुणले आफ्नो पितासँग सहकार्य गरेको यो तेस्रो चलचित्र हो । गत साताबाट यो चलचित्रको छायांकन थाइल्याण्डमा सुरु भइसकेको छ । बरुण र साराले यहि चलचित्रबाट स्क्रिन सेयर गर्दै छन् ।

यस्तैमा निर्माणपक्षले चलचित्रको फस्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक थिम पोस्टरमा बरुण र सारा फिचर छन् । सार्वजनिक फस्टलुकमा बरुण र साराको रोमान्टिक अवतार पनि देख्न सकिन्छ ।

‘पूजा इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण हुने यो चलचित्रमा वाशु भग्नानी, ज्याक्की भग्नानी र दिपशिखा देशमुखको लगानी रहने छ । यो चलचित्र सन् २०२० को मे मा रिलिज हुनेछ ।