• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   निर्मला पन्तको हत्याबारे गृहमन्त्री: नतिजाउन्मुख छौँ ★   प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट ★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो ★   देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो: रमेश लेखक

दंगलको ‘रिमेक बन्यो भने पक्कै काम गर्छु: प्रभाष



‘बाहुबली’का नायक प्रभाष अहिले नयाँ चलचित्र ‘साहो’को रिलिज तयारीमा छन् । बहुप्रतिक्षित यस चलचित्रमा श्रद्धा कपुरको पनि मुख्य भूमिका छ । चलचित्रलाई सुजिथले निर्देशन गरेका हुन् ।

प्रचारको क्रममा एक बलिउड मिडियाले प्रभाषलाई ‘दंगल’का आमिर खानसँग तुलना गरेका थिए । दंगलमा आमिरको भूमिका र बाहुबलीमा प्रभाषको भूमिका उस्तै भएको बताइयो ।

यस्तैमा प्रभाषले भने, ‘आमिर मलाई एकदमै मन पर्ने कलाकार हुन् ।प्रभाषले आफूलाई दंगल निकै मन परेको बताए । यसैमा एक पत्रकारले प्रभाषलाई प्रश्न गरेका थिए, ‘रिमेक बन्यो भने तपाईं काम गर्नुहुन्छ ?’

उत्तरमा प्रभाषले भने, ‘मलाई थाहा छैन, मैले आमिरको जस्तो काम गर्न सक्छु वा सक्दिनँ । तर, त्यो अवसर मलाई मिल्यो भने पक्कै काम गर्नेछु ।’