२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनाक्षीले आज बिहे गर्दै



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र जहिर इकबाल आज विवाह बन्धनमा बाँधिदैछन् । सुरुमा दुवैले इन्गेजमेन्ट गर्नेछन् । त्यसपछि विवाह गर्नेछन् ।

त्यसलगत्तै साँझ शिल्पा शेट्टीको मुम्बईको दादरस्थित रेष्टुरेन्ट बस्टनमा रिसेप्शन पार्टी हुनेछ । जहिरका मेकअप आर्टिस्ट राजु नागले विवाहको पहिलो कार्ड सलमान खानलाई गएको बताएका थिए ।

यस्तो अवस्थामा सलमान रिसेप्शन पार्टीमा सहभागी हुने कुरा स्पष्ट छ । रिसेप्शन पार्टीमा वेब सिरिज ‘हिरामण्डी’ को सम्पूर्ण स्टार कास्ट पनि सहभागी हुन सक्नेछन् ।

सोनाक्षीको विवाहअघि शनिबार साँझ उनको घर ‘रामायणा’मा पूजाको आयोजना गरिएको थियो । सोनाक्षीकी आमा पुनम सिन्हाको उपस्थितिमा यो पूजा सम्पन्न भएको थियो ।

शुक्रबार यो जोडीको मेहेन्दी र हल्दी समारोह भएको थियो । यी सबै समारोह जहिरको घरमा भएका थिए । यो जोडीको हल्दी र मेहन्दी समारोहका केही तस्विरहरु सार्वजनिक भएका छन् ।

गत बिहीबार सोनाक्षी र जहिरको परिवार डिनरमा सँगै देखिएका थिए । यस अवसरमा शत्रुघ्न, उनकी पत्नी पूनम सिन्हा र जहिरका पिता इकबाल रत्नासी सँगै देखिएका थिए । यसअघि सोनाक्षीको परिवार यो विवाहबाट खुसी नभएको खबर आएको थियो तर दुवै परिवारलाई सँगै देखेपछि शत्रुघ्न आफ्नी छोरीको बिहेमा खुसीसाथ सहभागी भएको स्पष्ट भएको छ ।

सोनाक्षी र जहिर ७ वर्षदेखि रिलेशनशिपमा छन् । दुवैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो । केही समयको मित्रतापछि दुवै जना सम्बन्धमा आएका थिए ।