२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेहुलाको घर पुगेपछि भावुक भइन् सोनाक्षी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र जहीर इकबालले आइतबार विवाह गरेका छन् । दम्पतीले दिउँसो दर्ता विवाह गरेका थिए र मुम्बईको दादरमा शिल्पा शेट्टीको रेस्टुरेन्ट बास्टनमा राति अबेर राती रिसेप्शन पार्टी आयोजना गरेका थिए ।

यो पार्टीका धेरै भित्री भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । यहाँ जोडीले केक काटेर उत्सव मनाएका छन् । दुबैले ‘दबंग’ को गीत ‘तेरे मस्त मस्त दो नैन..’ मा रोमान्टिक डान्स पनि गरेका थिए ।

आफ्नी मिल्ने साथी सोनाक्षीको रिसेप्शन पार्टीमा आएका र्यापर हनी सिंहले पनि उत्तिकै प्रदर्शन गरेका थिए । डीजे पार्टीको क्रममा हनीले टेबुलमा उभिएर एउटा गीत गाएकीका थिए, जसमा सोनाक्षी र जहीर नाचिरहेका थिए ।

यसबाहेक सोनाक्षीको अर्को भिडियो भाइरल भएको छ जसमा उनी भावुक देखिएकी छिन् । यस भिडियोमा जहीरको विशेष साथी जन्नत वासीले सोनाक्षीलाई स्वागत गर्दै फूलको माला लगाइदिन्छन् । यसपछि जहीर र सोनाक्षीलाई अँगालो हाल्दा सोनाक्षी भावुक भइन् । यस क्रममा सेनाक्षीको आँखामा आँसु थियो जसलाई उनले पुछिरहेकी थिइन् ।