• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने ★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता

बुबाको मुख हेर्ने दिन : प्रधानमन्त्री ओलीलाई के मन पर्छ ? खुलाईन छोरीले



काठमाडौं। आज बुबाको मुख हेर्ने दिन, मनपर्ने भोजन खुवाउने अवसर, तर प्रधानमन्त्री केपी शर्मा ओलीकी भतिजी शारदालाई भने यस वर्ष यो सन्दर्भ जुरेन।

काठमाडौंको चाबहिलस्थित सरस्वती नगरमा बस्दै आएकी शारदाले आफ्ना पिताको निधन भइसकेकाले प्रधानमन्त्री ओलीलाई नै पितासमान पुज्दै आउनुभएको छ। नाताको हिसाबले शारदाका जिजु–हजुरबुबा र प्रधानमन्त्री ओलीका हजुरबुवा दाजुभाइ हुनुहुन्छ।

‘यसपालि झन् प्रधानमन्त्री क्वार्टर गएर सरप्राइज दिँदै मुख हेरौंला भन्ने थियो’, शारदाले मुख हेर्ने प्रक्रिया दृश्यजस्तै सोच्नुभएको रहेछ, भन्नुभयो– ‘पहिला एउटा फुलको गुच्छा दिउँला, ह्याप्पी फादर्स डे भन्दै हग गरुँला, रमाइलो होला भन्ने सोचेकी थिएँ।’

शारदालाई सरप्राइज दिन निकै मन पर्छ, पोहोर पनि सरप्राइज दिने सोच बनाउनुभएको थियो, तर तिज मनाउन प्रधानमन्त्री निवास बालुवाटार गएकी उहाँलाई काका–बाले ‘भोलि बुबाको मुख हेर्ने दिन, के ल्याउँछेस् बेटा’ भनेर सोधिदिनुभयो, मलाई धेरै मिठाई लिएर आइज नि भन्नुभयो।

‘मिठाई र ड्राइ फुड्स लिएर गएकी थिएँ, तर स्वास्थ्यका कारण खान नमिल्ने, मिठाई खुवाइदिएपछि आफै छानेर खान्छु भन्दै थोरै चाख्नुभएको थियो।’ –उहाँले भन्नुभयो।
‘उहाँलाई घिउ, खसीको मासु र भात एकदमै मन पर्छ। तर स्वास्थ्यले दिँदैन। अहिले उहाँले खाने भनेको सुख्खा रोटी, अण्डा, फलफूल जुस, ग्रिन टी नै हो।

प्रधानमन्त्री क्वार्टरमा पनि उहाँको खानपान काकी आफैले हेर्नुहुन्छ, भान्छा छोड्नुहुन्न। मेडिसिन जेठी सासुको छोरा राजेशले हेर्नुहुन्छ।’ –शारदाले बताउनुभयो।
शारदाका अनुसार प्रधानमन्त्री ओली खानेकुरा र स्वास्थ्यमा एकदमै सचेत हुनुहुन्छ, बाहिरको खानेकुरा खानुहुन्न।

‘मैले मेरो प्रेजेन्ट खोइ भनेर सोधें, सिंगै बाउ छु के चाहियो बेटा भनेर हँँसी गर्नुभयो। अनि फोटो खिच्ने कार्यक्रम भयो’, शारदा सुनाउँदै हुनुहुन्थ्यो– ‘उहाँ सेल्फीको सौखिन हुनुहुन्छ। फोटो खिच्ने बेलामा बोल्नुहुँदैन राम्रो आउँदैन, सीधा हेरेर बस् भन्नुहुन्छ। सेल्फी खिच्न तँलाई आउँदैन खै ले म खिचिदिन्छु भनेर आफले सेल्फी खिच्नुभयो।’

यसपटक यहींबाट विस गर्ने उहाँको तयारी छ। फादर्स डे सकिएपछि पनि जाने इच्छा छ। ‘भगवान्सँग कामना गर्छु उहाँलाई छिटोभन्दा छिटो ठिक होस्।’ –शारदाले सुनाउनुभयो।

सार्वजनिक सभा–समारोहमा उखान टुक्का र ठट्टा गर्न मन पराउने प्रधानमन्त्री ओलीको घर परिवार र पारिवारिक भेटमा पनि असाध्यै मजाक गर्ने बानी छ। ‘प्रधानमन्त्री भएका बेलामा होस् या अरू जुनसुकै बेला उहाँसँग बसेपछि माहोल नै रमाइलो हुन्छ।

उहाँको उखान टुक्कामा दम हुन्छ। उहाँमा रिस भनेकै छैन।’ शारदालाई लाग्छ। प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह मान्दै एक महिना लामो अस्पताल बसाइपछि मात्र फर्कने भएकाले काका–बालाई भेट्न पनि शारदाले निकै लामो समय प्रतीक्षा गर्नुपर्ने भएको छ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।