१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना बराबरीमा रोकियो



अ+ अ-

म्याड्रिड । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोना ओसासुनासँग २-२ को बराबरीमा रोकिएको छ। सुरुमा पछाडि परेको बार्सिलोनाले त्यसयता एक गोलको अग्रता कायम राख्न सकेन् ।

ओसासुनाको तर्फबाट दुवै गोल रोबर्टो टोरेसले गरे । बार्सिलोनाका लागि भने अन्सु फाटी र आर्थरले गोल गरे । बार्सिलोना तीन खेलबाट चार अंकसहित सातौं स्थानमा छ ।

शनिबार भएको खेलमा ओसासुनाले घरेलु मैदानमा पहिलो अग्रता लियो। उसले ७ औ मिनेटमा रोबर्टो टोरेसको गोलमा अग्रता लिएको थियो।