२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

“नचिनेको मान्छे”को म्यूजिक भिडियो सार्वजनिक



अ+ अ-

भिडमा हराएका आमा छोरालाई “नचिनेका मान्छे”

दुखाई, भोगाई शहरले दिएको उपहार मात्र हैन जीवन बुझाई सङ्गै जीउने कला र शक्ति एक निर्माण र संघर्षको मैदान हो । यहि मैदान भित्रको एक युवा खेलाडी र आमाको कथा “नचिनेको मान्छे”को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सरिता गिरी र नारायण नेपाली अभिनित भिडियो शनिबार नारायण नेपाली युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गायक नारायण नेपालीको आवाज रहेको गीतमा पुरुस्वत्तम ढुङ्गेलको रचना तथा राजनराज सिवाकोटीको सङ्गीत संयोजन रहेर गीतमा समावेस गरिएको छ ।

सार्वजनिक उक्त भिडियोमा थिएटर क्वुइन सरिता गिरीको दमदार अभिनय देख्न सकिन्छ । साथै उनलाई अभिनयमा गायक नेपालीले साथ दिएका छन, गायक नेपालीको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै नेपालीको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक असिम खनाल बताउँछन् ।

पबन सुस्लिङको छायाङ्कन रहेको भिडियोको निर्देशन असिम खनालले गरेका हुन् । यस भिडियोको सम्पादन भने सिदान्त मगरको रहेको छ ।

यस भिडियोमा आमा छोराको माया सदभाब दर्साइएको छ जुन बसको सिटमुनी चप्पल लगाएको एक जोर आमाको खुट्टा र जुत्ता लगाएको छोराको खुट्टा देखिन्छ ।

यस्तै आमा भ¥याङ्गमा बसेकी छन । छोराले आमाको लागी नयाँ चप्पल किनेर ल्याईदिएको हुन्छ । आमालाई नयाँ चप्पल देखाउँछ र साईज नाप्छ , लगाउन भन्छ तर आमाले हिल भएका कारण चप्पल नलगाउने भन्छिन ।

बसको सिटमुनी चप्पल लगाएको एक जोर छोराले आमाको खुट्टा र छोराको खुट्टा देखिन्छ । आमा निन्याउरी भएकी छन् । बिस्तारै छोराको कुममा ढल्छिन । हात छोराको काखमा झर्छ र छोरा ब्युझिन्छ । आमालाई हेर्छ, उठाउन खोज्दा आमा चिसो भएको चाल पाउँछ । छोराले आफ्नो जुत्ता खोल्छ, आमाको चप्पल निकालेर आफुले लगाएको भिडियोमा देख्न सकिन्छ ।

यस भिडियोको निर्माता शिव बहादुर नेपाली हुन् ।

भिडियो लिङ्क