• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ: काँग्रेस ★   कीर्तिमानी कामीरिता, २९औं पटक सगरमाथा शिखरमा ★   सदन खुलाउने छलफल गर्न प्रधानमन्त्रीले कांग्रेसलाई बोलाए ★   बत्तीसपुतलीमा एक युवकको हत्या, चार पक्राउ ★   गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण ★   प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो ★   चेल्सीले नटिङहम फरेस्टलाई हरायो, टोटेनहम र वेस्ट हामको जित ★   आज चट्याङसहित केही ठाउँमा भारी वर्षा हुने ★   नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बस्दै

समीक्षकहरूको नकारात्मक टिप्पणीका बाबजुद साहोले कमायो तीन दिनमा २ सय करोड



श्रद्धा कपुर र प्रभास स्टारर ‘साहो’ फिल्मले रिलिजको तीन दिनमा २ सय करोड कमाइ गरेको छ। भारतमा मात्रै हिन्दी संस्करणको फिल्मले ८० करोड कमाएको छ। सुजितको निर्देशनमा बनेको फिल्म शुक्रबार रिलिज भएको थियो। हिन्दीका साथै तमिल र तेलुगु भाषामा समेत यसको प्रदर्शन भएको छ।

खासगरी फिल्मको एक्सनलाई रुचाइएको छ। साहो तीन सय ५० करोडको बजेटमा करिब दुई वर्षमा बनेको थियो।

तर फिल्मको कथावस्तु र पटकथा कमजोर भएका कारण ‘साहो’का लागि प्रभासले दुई वर्ष व्यर्थमा समय नष्ट गरेको प्रतिक्रिया पनि छ। भारतका चर्चित समीक्षक तरण आदर्शको प्रतिक्रिया छ, ‘साहो सहनै नसकिने फिल्म हो। प्रतिभा, ठूलो पैसाको बर्बाद भयो। कमजोर कथा, भ्रामक पटकथा र कमजोर निर्देशन।’समीक्षकहरूको नकारात्मक टिप्पणीका बाबजुद साहोले उत्साहजनक व्यापार गर्ने लक्षण देखाएको छ।