• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी फुटबल पनि हुने ★   प्रधानमन्त्रीको प्रश्ताव नमानेपछि उपप्रधानमन्त्री लामिछानेमाथि काँग्रेसले सहकारी ठगीको आरोप लगायोः ओली ★   ‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’ ★   दिल्लीलाई ठूलो झट्का, कप्तान ऋषभ पन्त एक खेलका लागि निलम्बन, भारी जरिवाना पनि लगाइयो ★   नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन: अध्यक्ष ओली ★   आईपीएलका कारण टी–२० विश्वकपका लागि भारतीय टोली दुई समूहमा अमेरिका जाने ★   ‘ई–चुरोट’को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी ★   रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष ★   मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु ★   सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भयोः काँग्रेस

समीक्षकहरूको नकारात्मक टिप्पणीका बाबजुद साहोले कमायो तीन दिनमा २ सय करोड



श्रद्धा कपुर र प्रभास स्टारर ‘साहो’ फिल्मले रिलिजको तीन दिनमा २ सय करोड कमाइ गरेको छ। भारतमा मात्रै हिन्दी संस्करणको फिल्मले ८० करोड कमाएको छ। सुजितको निर्देशनमा बनेको फिल्म शुक्रबार रिलिज भएको थियो। हिन्दीका साथै तमिल र तेलुगु भाषामा समेत यसको प्रदर्शन भएको छ।

खासगरी फिल्मको एक्सनलाई रुचाइएको छ। साहो तीन सय ५० करोडको बजेटमा करिब दुई वर्षमा बनेको थियो।

तर फिल्मको कथावस्तु र पटकथा कमजोर भएका कारण ‘साहो’का लागि प्रभासले दुई वर्ष व्यर्थमा समय नष्ट गरेको प्रतिक्रिया पनि छ। भारतका चर्चित समीक्षक तरण आदर्शको प्रतिक्रिया छ, ‘साहो सहनै नसकिने फिल्म हो। प्रतिभा, ठूलो पैसाको बर्बाद भयो। कमजोर कथा, भ्रामक पटकथा र कमजोर निर्देशन।’समीक्षकहरूको नकारात्मक टिप्पणीका बाबजुद साहोले उत्साहजनक व्यापार गर्ने लक्षण देखाएको छ।