२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

दिल्लीलाई ठूलो झट्का, कप्तान ऋषभ पन्त एक खेलका लागि निलम्बन, भारी जरिवाना पनि लगाइयो

दिल्लीलाई ठूलो झट्का, कप्तान ऋषभ पन्त एक खेलका लागि निलम्बन, भारी जरिवाना पनि लगाइयो
अ अ+ अ-

एजेन्सी । आईपीएल–२०२४ मा दिल्ली क्यापिटल्सलाई ठूलो झट्का लागेको छ । टोलीका कप्तान ऋषभ पन्त एक खेलको निलम्बनमा परेका छन् । स्लो ओभर रेटका लागि उनलाई ३० लाख जरिवाना समेत गरिएको छ ।

गत मे ७ मा आफ्नै घरेलु अरुण जेटली स्टेडियममा भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई २० रनले पराजित गरेको थियो भने यो खेलमा पन्त स्लो ओभर रेटको दोषी ठहर भएका थिए । दिल्लीले पूरा २० ओभर बलिङ गर्न निर्धारित समयभन्दा १० मिनेट बढी लिएको थियो ।

दिल्ली स्लो ओभर रेटमा परेको यो पहिलो पटक होइन । दिल्लीले यो तेस्रो पटक गरेको हो र त्यही कारण पन्तलाई निलम्बन गरिएको हो, नत्र उनलाई जरिवाना मात्र लाग्ने थियो । पन्तलाई ठूलो जरिवाना तोकिएको छ भने टोलीका खेलाडीलाई पनि जरिवाना गरिएको छ ।

प्लेइङ–११ मा सहभागी टिमका सबै खेलाडीलाई १२ लाख रुपैयाँ वा म्याच फीको ५० प्रतिशत, जुन कम भए पनि जरिवाना गरिएको छ । यसमा इम्प्याक्ट प्लेयरहरू पनि समावेश छन् ।

पन्त र टोलीलाई बचाउन दिल्ली क्यापिटल्सले रेफ्रीको यो निर्णयविरुद्ध अपिल गरेको थियो । तर त्यसको कुनै उपयोग भएन । दिल्लीको अपील बीसीसीआई ओम्बड्सम्यानलाई पनि पठाइएको थियो । ओम्बड्सम्यानले सुनुवाइ गरे र त्यसपछि भने कि म्याच रेफ्रीको निर्णय अन्तिम हो ।

दिल्लीको टोली प्लेअफको दौडमा छ र अर्को राउण्डमा जानका लागि आफ्नो दुवै खेल जित्नुपर्नेछ तर पन्तको अर्को खेलमा अनुपस्थित हुनु यो टोलीका लागि निकै नराम्रो खबर हो । दिल्ली अहिले अंक तालिकाको पाँचौं स्थानमा छ ।