११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भयोः काँग्रेस

सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भयोः काँग्रेस
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सरकार आफैँ संसद पनि चल्न नदिने र संसदीय छानविन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ ।

शनिवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा काँग्रेस नेताहरुले सो निष्कर्ष निकालेका हुन् । बैठकले अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आगामी वैशाख ३१ गते (सोमवार) अपरान्ह १ बजे पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

सरकारले संसद पनि चल्न नदिने र उपप्रधानमन्त्रीमाथि छानविनका लागि संसदीय समिति पनि बन्न नदिने रवैया बिरुद्ध कसरी प्रश्तुत हुने भन्ने विषयमा छलफल गर्न सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । बैठकमा नेताहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणको लागि छानविन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राखेका थिए ।

महामन्त्री थापाले भन्नुभयो, ‘पार्टी सभापति, पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा अहिलेको संसदमा भईरहेको गतिरोध अरु विभिन्न विषयहरुको बारेमा हामीले छलफल ग¥यौं । र हिजो संसदमा हामीहरुले सभामुखसँग पनि र अन्य दलहरुसँग पनि छलफल गरेर संसदको गतिरोध पनि अन्त्य होस् । हाम्रो माग पनि सम्बोधन होस भनेर एउटा सदासहायता, लचकता राख्दाराख्दै पनि सरकारले जुन खालको रवैया प्रश्तुत गर्याे । र सम्माननीय सभामुखले पनि जसरी संसदको अवरोध अन्त्य गर्नका निम्ति अझ बढी संवेदनशील हुनुपर्ने हो । र प्रतिपक्ष दलले त्यत्रो सदासहायता राख्दा पनि त्यसको नजरअन्दाज गर्ने स्थिति भयो । त्यो हाम्रो लागि अप्रत्याशित पनि भयो । र हामी चाहिने भन्दा बढी लचकदार भइरहेका छौं । हामीले लामो समयदेखि भनिराखेको गृहमन्त्रीजीले बोल्न पाउनुपर्छ भनेपछि उहाँले बोल्नु पाउनुपर्छ ।

उहाँले बोलेको कुरा सुन्ने भन्दैगर्दा जब्बरजस्ती कार्यसूचिमा प्रवेश गराउने काम भयो । यो सबै कुराले जसरी भएपनि यो संसद पनि चल्न नदिने, छानविन समिति पनि बनाउन नदिनेतर्फ नै सरकार उद्धत भएको भन्ने हाम्रो छलफलको आज निष्कर्ष जस्तो सबैको त्यो रह्यो । अब संसदमा कसरी जाने भन्ने विषयको सन्दर्भमा संसदीय दलको बैठक नै बोलाउनु पर्छ भन्ने सोचाईका साथ अब हामीले पर्सी १ बजेका लागि संसदीय दलको बैठक बोलाएका छौँ । र संसदीय दलको बैठकबाटै अब हाम्रो जे माग हो, जे पोजिसन हो, त्यो त तलमाथि हुने कुरै भएन ।

तर संसद भित्र आफूलाई कसरी प्रश्तुत गरेर लिएर जाने अब सरकारको यो रवैया रहिसकेपछि अब यसलाई कसरी थप सशक्त बनाएर लिएर जाने भन्ने सन्दर्भमा चाहीँ संसदीय दलको बैठक बोलाएर नै पर्सी कुराकानी गर्ने भन्ने कुरा भयो एउटा । यही सन्दर्भमा यहाँ भित्र छलफल पनि भएको र मैले सरकारलाई अनुरोध पनि गर्न चाहेको सरकार र प्रतिपक्ष दलबीच संसदीय समिति बनाउने कि नबनाउने भन्ने एउटा विषयमा हाम्रो माग सरकारको पेलाई संघर्ष चलिरहेको छ । म सम्माननीय प्रधानमन्त्रीज्युलाई के ध्यानाकर्षण गराउन चाहन्छु भने यो हामीले सहकारी भनेका छौं । करोडौंको ठगी भनेका छौं । ’

नेपाली काँग्रेसले शुक्रवार बसेको बैठकमा आफ्नो पार्टीलाई पेल्ने खालको भुमिका निर्वाह गरेको भन्दै सभामुख देवराज घिमिरेको पनि आलोचना गरेको छ ।