१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब १० घण्टासम्म दुर्घन्धित फोहोरको थुप्रो अगाडि उभिए धनुष



अ+ अ-

एजेन्सी । सोनम कपुरसँगको फिल्म ‘राँझना’ मार्फत दक्षिण र उत्तरतर्फ तारिफ प्राप्त गरेका अभिनेता धनुषको कलालाई उनका फ्यानहरुले निकै रुचाएका छन् । धनुषले बक्स अफिसमा राम्रो कमाई गर्नुका साथै गायनमा पनि आफ्नो प्रतिभा देखाएका छन् ।

गत वर्ष उनको फिल्म ‘क्याप्टेन मिलर’ रिलिज भएको थियो । यो चलचित्रले टिकट विन्डोमा खासै केही गर्न सकेन । तर अब धनुष आफ्ना फ्यानका लागि उत्कृष्ट सामग्री लिएर कमब्याक गर्न लागेका छन् ।

शेखर कमलाको निर्देशनमा बन्न लागेको ‘कुबेर’का लागि धनुष निकै मेहनत गरिरहेका छन् । यो अभिनेताको सबैभन्दा प्रतिक्षित चलचित्र मध्ये एक हो । केही दिन अघि उनको फिल्मको फर्स्ट लुक सार्वजनिक भएको थियो, जसले मानिसहरुको ध्यान तान्यो ।

कुबेर सबैभन्दा धनी हिन्दू देवताको नाम हो । तर, फिल्ममा देखाइएको लुक्समा धनुष भिखारीको रुपमा देखिएका छन् । अब अभिनेताको बारेमा एक अपडेट बाहिर आएको छ।

घण्टौंसम्म फोहोरको थुप्रो अगाडि उभिए धनुष
‘कुबेर’ मा धनुष भिखारीको भूमिकामा देखिनेछन् । फिल्मसँग सम्बन्धित एक दृश्यका लागि उनी घण्टौंसम्म फोहोरको थुप्रोको अगाडि उभिए । पिंकभिलाको रिपोर्टका अनुसार अभिनेताले मुम्बईको फोहोरको थुप्रोमा करिब १० घण्टासम्म शूटिङ गरेका थिए । उनले यो दृश्य बिना कुनै हिचकिचाहट र मास्क नलगाई खिचेका थिए । अभिनेताको समर्पण देखेर निर्देशक छक्क परे ।

फिल्ममा धनुषका अलावा रश्मिका मन्दाना र नागार्जुन अक्किनेनीको मुख्य भूमिका रहनेछ ।