५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलका कारण टी–२० विश्वकपका लागि भारतीय टोली दुई समूहमा अमेरिका जाने



अ+ अ-

एजेन्सी । भारतीय टोली टी–२० विश्वकपका लागि दुई समूहमा बिदा हुनेछ । पहिलो समूहमा आईपीएल प्लेअफमा नपुगेका खेलाडीहरू समावेश हुनेछन् भने दोस्रो समूहले २६ मेमा आईपीएल फाइनलपछि तुरुन्तै छाड्नेछ ।

टी–२० विश्वकप २०२४ जुन २ बाट सुरु हुँदैछ । मुम्बई इन्डियन्स र पञ्जाब किंग्सका टोली प्लेअफको दौडबाट बाहिरिएका छन् र कप्तान रोहित शर्मा, उपकप्तान हार्दिक पाण्ड्या र जसप्रित बुमराह र सूर्यकुमार यादव र अर्शदीप सिंह मे २४ मा विश्वकपका लागि प्रस्थान गर्नेछन् ।

गुजरात टाइटन्सका कप्तान शुभमन गिल पनि रिजर्भ खेलाडीमा परेका छन् र उनी पनि पहिलो समूहमा पर्न सक्नेछन् । त्यस्तै आरसीबी पनि प्लेअफमा पुग्न सकेन भने विराट कोहली र मोहम्मद सिराज पनि २४ तारिखमा बाहिरिनेछन् ।

राजस्थान रोयल्स र केकेआर प्लेअफमा पुग्ने पक्का छन् । यस्तो अवस्थामा दोस्रो समूहमा सञ्जु सामसन, युजवेन्द्र चहल, आवेश खान, रिंकु सिंह २६ पछि छाड्नेछन् । विश्वकपमा भारतीय टोलीले आयरल्याण्डविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ । यसपछि मे ९ मा न्युयोर्कमा भारतले कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्नेछ ।