४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रणवीर सिंहले दीपिकासँगको विवाहको तस्बिर हटाए

रणवीर सिंहले दीपिकासँगको विवाहको तस्बिर हटाए
अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंहले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आफ्नो र दीपिका पादुकोणको विवाहको तस्बिर हटाएका छन् । मंगलबार, फ्यानहरूले रणवीरको सोशल मिडिया ह्यान्डलहरूमा विवाहको तस्बिरहरू देखेनन् ।

रणवीरले यी तस्विरहरू डिलिट गरेका छन् वा अभिलेखमा राखेका छन् भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । दीपिकाको इन्स्टाग्राम ह्यान्डलमा भने विवाहका सबै तस्बिरहरू उपलब्ध छन् ।

रणवीरको सोसल मिडिया ह्यान्डलबाट अचानक विवाहको तस्विर हराएपछि फ्यानहरुले धेरै अनुमान लगाएका छन् । तर, यसका बावजुद रणवीर–दीपिका आजकल आफ्नो बेबीमुन ट्रिपको मजा लिइरहेका छन् ।

हालै यी दुवैको एउटा तस्बिर पनि सार्वजनिक भएको छ जसमा दीपिका सिँढीबाट ओर्लँदै गरेको देखिन्छ । दुबैले कुन ठाउँमा छुट्टी मनाउँदैछन् भन्ने जानकारी भने खुलाइएको छैन ।

रणवीर सिंह र दीपिका पादुकोणले ६ वर्षअघि विवाह गरेका थिए । यी दुईले इटालीको लेक कोमोमा १४ नोभेम्बर २०१८ मा कोंकणी रितीरिवाजअनुसार विवाह गरेका थिए । विवाहअघि दुवैले ६ वर्ष एक अर्कालाई डेट गरेका थिए ।

दीपिकाले यस वर्ष फेब्रुअरीमा एक पोस्ट सेयर गरेर आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् र लेखेकी थिइन्– सेप्टेम्बर २०२४ । यसको मतलब उनी र रणवीर सिंह सेप्टेम्बरसम्म आमाबुवा बन्नेछन् । पोस्टमा दीपिकाले पति रणवीर सिंहलाई पनि ट्याग गरेकी छिन् ।