७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी

अस्पतालमै छैन आमा सुरक्षा

अस्पतालमै छैन आमा सुरक्षा
अ+ अ-

रुपन्देही । बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा दैनिक करिब १० जना महिला सुत्केरी हुन्छन्। सरकारले सुत्केरी हुने धेरै अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागू गरेको छ। तर यो अस्पतालमा भने यो कार्यक्रम लागू गरिएको छैन। जसकारण विपन्न समुदायका गर्भवतीहरु मारमा पर्दै आएका छन्।

स्थानीय समुदाय, बुटवल उपमहानगरपालिकाले पटक–पटक आमा सुरक्षा कार्यक्रम लागू गर्न माग गरे। आन्दोलन समेत भए। तर अस्पताल प्रशासनले नाफा कमाउने उद्देश्यसहित कार्यक्रम लागू गर्न आनाकानी गरेको छ। आमा सुरक्षा कार्यक्रम लागू गर्दा चर्को शुल्क लिन नपाइने भएपछि अटेर गरेको पाइएको छ।

आम्दा नेपालद्वारा सञ्चालित यो अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागू गर्नको लागि निरन्तर दवाव परिरहेको छ। बुटवल उपमहानगरपालिकाले जसरी पनि कार्यक्रम लागू गर्न दवाव दिइरहेको छ। तर अस्पताल प्रशासन उपमहानगरको निर्देशनको वेवास्ता गर्दै आएको छ। ‘हामीले आमा सुरक्षाकार्यक्रम लागू गरौं भनेर पटक–पटक भन्यौं। तर अस्पतालले अटेर गरिरहेको छ’ बुटवल ७ का वडाध्यक्ष कमल प्रताप थापाले भने।

रुपनदेहीका अनय निजी र सरकारी अस्पतालहरुमा यो र्काक्रम लागू भएको अवस्थामा यो अस्पतालले अटेर गर्नु नाफा कमाउने नै उद्देश्य भएको वडाध्यक्ष थापा बताउँछन्। आम्दा अस्पतालमा गत आर्थिक वर्षमा एक हजार ४ सय ८९ को नर्मल र एक हजार २ सय ६४ जना शल्यक्रियामार्फत सुत्केरी गराइएको छ। दैनिक १० जनासम्म सुत्केरी हुने यो अस्पतालमा यो कार्यक्रम लागू नहुँदा विपन्न समुदायका महिलाले सरकारी सुविधा पाउन सकेका छैनन्। अस्पताल प्रशासनले भने आमा सुरक्षा लागू गर्दा खर्च धान्न गाह्रो पर्ने बताउँदै आएको छ।

‘आमा तथा बच्चाको मात्र उपचार गरेर अस्पतालले आम्दानी गर्नुपर्ने छ’ अस्पतालका निमित्त कार्यकारी निर्देशक डा। केशव शर्माले भने, ‘अरु सेवा नहुँदा अस्पताललाई घाटा भएर दुई सय जना चिकित्सक तथा कर्मचारीलाई तलब खुवाउन सकिँदैन भन्ने चिन्ता छ।’ उनले अस्पतालमा आमा सुरक्षा कार्यक्रमको लागि आवश्यक पूर्वाधारसमेत नभएको बताए।

‘पहिले बनाएको भवनमा आठ वटा क्याविन मात्र बनाइएको रहेछ। एउटा सानो जनरल वार्ड छ’ उनले थपे, ‘कार्यक्रम लागू भएमा सुत्केरी हुनेको संख्या बढ्छ। बेड अपुग हुनसक्छ।’ सुत्केरीको संख्या बढ्दा टाढा टाढाबाट पाठेघरको उपचार गर्न आएकाहरु बेड नपाएर उपचारबाट वञ्चित हुनुपरेको शर्मा बताउँछन्। बुटवल ७ का वडाध्यक्ष थापा आमा सुरक्षा कार्यक्रम लागू गर्दा अस्पताललाई घाटा नहुने दाबी गर्छन्। थापाले घाटा लागेमा उपमहानगरले सहयोग गर्छ भनेर पटक–पटक अनुरोध गरेको सुनाए।

सिद्धार्थ महिला तथा बाल अस्पतालको स्थानीय व्यवस्थापन समितिमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख अध्यक्ष, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उपाध्यक्ष रहने व्यवस्था छ। अस्पतालका उपाध्यक्ष तथा संघका अध्यक्ष खिमबहादुर हमालले आम्दामा आमा सुरक्षा कार्यक्रम अपरिहार्य भएको भन्दै त्यसबारे थप छलफल गरेर अघि बढ्नुपर्ने बताए। उनले भने ‘आमा सुरक्षा कार्यक्रम लागू हुनैपर्छ। त्यसमा हामीले सहयोग गछौं भनिरहेका छौं।’

आमा सुरक्षा कार्यक्रम लागू हुने अस्पताललाई सरकारले अनुदान दिने गरेको छ। जस अनुसार प्रति सेवा नर्मल डेलीवरीका लागि १५ सय, कम्प्लीकेटीभको लागि ३ हजार र शल्यक्रियाको लागि ७ हजार रुपैयाँ अनुदान आउने गर्छ। अनुदानभन्दा दोब्बर लागत लाग्ने भएकाले कार्यक्रम लागू गर्न नसकिएको अस्पताल प्रशासन बताउँछ। कार्यक्रम लागू गराउन आएको दवाव थेगेका कार्यकारी निर्देशक विनोद पराजुलीले राजीनामा दिएपछि अहिले आम्दामा अस्पतालमा सो पद निमित्तको भरमा चलिरहेको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।