१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारकै कर नीतिका कारण उद्योग धन्दा सञ्चालन नभई आयात बढ्यो: उद्योगी चौधरी



अ+ अ-

काठमाडौं । उद्योगी विनोद चौधरीले केन्द्रदेखि स्थानीय तहसम्मका सरकारलाई डोजर र व्यक्तिगत सवारी साधन किन्नका लागि उद्योगी व्यापारीलाई चर्को कर लगाएर धराशायी बनाएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद चौधरीले सरकारको साधारण खर्च चलाउन उद्योगी ब्यापारीसँग चर्को राजस्व असुल गर्ने र उद्योग ब्यापार धरासायी बनाइएको उनले आरोप लगाएका हुन् ।

मुलुकका केन्द्रदेखि स्थानीय तहसम्मका ७ सय ६१ सरकारलाई धेरै पैसा चाहिएको र अर्थमन्त्रीलाई पैसा पुर्‍याउन नयाँ नयाँ करको क्षेत्र खोज्नुपर्ने बाध्यता रहेको भन्दै उनले तर करलाई उत्पादनसँग जोड्न र ब्यापारलाई प्रतिस्पर्धी बनाउन सरकारले ध्यान नदिएको बताएका हुन् ।

उनले सरकारकै कर नीतिका कारण अहिले देशमा उद्योग धन्दा सञ्चालन हुन नसकेर आयात बढेको बताए ।