२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु



अ+ अ-

काठमाडौँ। ग्रीसको एथेन्समा आयोजित ‘एथेन्स फ्लाइङ विक’ अन्तर्राष्ट्रिय एयर शोका क्रममा शनिवार वायुसेनाको एउटा लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।

ग्रीसको राष्ट्रिय प्रसारक इआरटीकाअनुसार तानाग्रा एयर बेसमा प्रदर्शनका क्रममा उक्त दुर्घटना भएको हो । हेलेनिक वायुसेनाको उडान प्रदर्शन शुरु भएको केही मिनेटमै एफ–४ई फ्यान्टम २ लडाकु विमानले दाहिने मोड लिने क्रममा अचानक उचाई गुमाएर दुर्घटनाग्रस्त भएको थियो । विमान खसेलगत्तै दुई टुक्रा भएको र दुई फरक स्थानमा भीषण आगलागी भएको इआरटीले जनाएको छ ।

सैनिक स्रोतकाअनुसार दुर्घटनामा परेका दुवै पाइलटलाई घटनास्थलबाट केही दुरीमा अचेत अवस्थामा फेला पारिएको थियो । ग्रीसका रक्षामन्त्री निकोस डेन्डियासले पाइलटहरूको मृत्यु भएको पुष्टि गर्दै यस दुःखद् घटनाको सन्दर्भमा सशस्त्र बलमा शनिवारदेखि सोमवारसम्म तीन दिने शोकको घोषणा गर्नुभएको छ ।

ज्यान गुमाउने दुवै पाइलटसँग हजारौँ घण्टा उडान भरेको लामो अनुभव रहेको सैन्य स्रोतले जानकारी दिएको छ ।  युरोप र एशियाका विभिन्न देशका हवाई टोलीहरूको सहभागिता रहने दुई दिने एथेन्स फ्लाइङ विकका क्रममा यो अप्रत्याशित दुर्घटना भएको हो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल