२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



अ+ अ-

सुदूरपश्चिम। कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा  वर्षा भइरहेको छ ।

वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौषम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ ।

कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार मौसम पूर्वानुमानअनुसार आजदेखि २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहनेछ । यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

आज भने पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सोहीअनुसार आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । “आज दिउँसो हिमाली क्षेत्रमा थोरै, पहाडी र तराई क्षेत्रका अधिकांश क्षेत्रमा मेघगर्जन हुने सम्भावना छ । राति पनि हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहँदा पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ”, कार्यालय प्रमुख साहले भन्नुभयो ।

यस्तै, मङ्गलबार वर्षाको दायरा केही घट्ने देखिए पनि मौसम पूर्णरूपमा नखुल्ने, हिमाली तथा पहाडी क्षेत्रमा थोरैदेखि धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मङ्गलबार राति भने तीनै भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ । रासस