२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात



अ+ अ-

म्यानमार। म्यानमारले चालु आर्थिक वर्ष २०२६–२७ को पहिलो पाँच महिनामा १ लाख ३० हजार ४११ टनभन्दा बढी मत्स्यजन्य उत्पादन निर्यात गरेको छ ।

मत्स्य विभागले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिल महिनादेखि शुरु भएको यस आर्थिक वर्षको पाँच महिनामा उक्त परिमाणको निर्यातबाट २२ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी वैदेशिक मुद्रा आर्जन भएको छ ।

विभागकाअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको निर्यात परिमाणमा केही गिरावट आएको छ ।

गत वर्षको सोही अवधिमा म्यानमारले १ लाख ५३ हजार ९२६ टनभन्दा बढी मत्स्यजन्य सामग्री निर्यात गरेको थियो । म्यानमारले हाल चीन, थाइल्याण्ड, मध्यपूर्व र युरोपका विभिन्न राष्ट्रहरूसहित करिव ४० देशमा आफ्ना मत्स्यजन्य उत्पादनहरू निर्यात गर्दै आएको छ ।

विभागको तथ्याङ्कअनुसार गत पूर्ण आर्थिक वर्षमा म्यानमारले कूल ४ लाख ६३ हजार टनभन्दा बढी मत्स्यजन्य उत्पादन निर्यात गरेको थियो ।सिन्ह्वा/न्युज एजेन्सी नेपाल