२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति



अ+ अ-

फिलिपिन्स। फिलिपिन्समा गत अगस्ट महिनाको सुरुदेखि सक्रिय मनसुन र चारवटा उष्णकटिबन्धीय चक्रवातका कारण ४३ जनाको मृत्यु भएको छ ।

फिलिपिन्सको नागरिक प्रतिरक्षा कार्यालयले आइतबार दिएको जानकारीअनुसार यी प्राकृतिक विपत्तिका कारण कृषि तथा पूर्वाधार क्षेत्रमा ११ अर्ब ९२ करोड पेसो (करिब १९ करोड १ लाख अमेरिकी डलर) बराबरको क्षति पुगेको छ ।

कार्यालयकाअनुसार विपद्मा परी हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते भएका छन् । बेपत्ता रहेका अन्य ५ जनाको खोजी कार्य जारी रहेको बताइएको छ ।

यस प्राकृतिक विपद्बाट फिलिपिन्सका ६ हजार ९०० गाउँका करिव २९ लाख परिवारका १ करोड २ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

भौतिक क्षतितर्फ कुल ४ हजार ५०० घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ । जसमध्ये ३ हजार ९०० घरमा आंशिक क्षति पुगेको छ भने ५८५ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल