२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते



अ+ अ-

लेबनान। दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा आईतवार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

लेबनानको जनस्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार उक्त हताहती भएको हो । मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रकाअनुसार नबातिए अल–फौकामा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

त्यसैगरी, नबातिएकै रहबात क्षेत्रमा भएको आक्रमणमा एक महिला र एक बालकसहित आठ जना घाइते भएका छन् । अरब सलिममा दुई जनाको मृत्यु हुनुका साथै दुई बालबालिकासहित ६ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

काफ्र रुमान क्षेत्रमा भएको अर्को आक्रमणमा चार जना घाइते भएका छन् । इजरायली सेनाले सामाजिक सञ्जाल ’एक्स’ मार्फत यो आक्रमण हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी गरेको ड्रोन प्रहारको जवाफ भएको दाबी गरेको छ ।

इजरायली पक्षका अनुसार दक्षिणी लेबनानको सुरक्षा क्षेत्रमा तैनाथ सैनिकहरूमाथि हिजबुल्लाहले दुईवटा विस्फोटक ड्रोन प्रहार गरेको थियो ।

तीमध्ये एउटा ड्रोनलाई आकाशमै नष्ट गरिएको र इजरायली सैन्य पक्षमा कुनै क्षति नभएको सेनाले उल्लेख गरेको छ । यसैबीच, इजरायली सेनाले अरब सलिमका बासिन्दाहरूलाई लक्षित गरी खाली गर्ने चेतावनी (इभ्याकुएसन वार्निङ) समेत जारी गरेको थियो ।

हिजबुल्लाहको सैन्य संरचना नजिक रहेको भन्दै इजरायलले त्यहाँका नागरिकहरूलाई तोकिएको भवन र वरपरका क्षेत्रबाट कम्तीमा ३ सय मिटर टाढा जान निर्देशन दिएको थियो । आफ्ना नागरिक र सैनिकहरूमाथि हुनसक्ने खतरा न्युनिकरण गर्न सो क्षेत्रमा सैन्य कारबाही जारी रहने इजरायली सेनाको भनाइ छ ।

लेबनानको जनस्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत मार्च २ देखि हालसम्म लेबनानमा भएका इजरायली आक्रमणहरूमा परी मृत्यु हुनेको संख्या ४ हजार ३५८ पुगेको छ भने १२ हजार ३५९ जना घाइते भएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल