२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्री मार्को रुबियोले टेलिफोन संवाद गरेका छन्।

टेलिफोन कुराकानीका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा नेपाल र नेपाली जनताप्रति अमेरिकाको ऐक्यबद्धता रहेको बताएका छन्।

लामिछानेले नेपाल सरकारले जारी खोज, उद्धार तथा राहत कार्यका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका छन्। उनले नेपाली नागरिकसँगै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षा र संरक्षणप्रति पनि सरकार उत्तिकै प्रतिबद्ध रहेको रुबियोलाई बताएका छन्।

कुराकानीका क्रममा लामिछानेले विपद्को समयमा अमेरिकी सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्। जवाफमा विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई आवश्यक परे थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन्।